हेडलाईनसमाचारगण्डकीघिरिङ

ठेक्का लागेको आठ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन तनहुँको कृष्ण मोटर मार्ग

प्रहार समाचार । तनहुँ,३ फागुन २०८१ शनिवार । ठेक्का लागेको आठ वर्ष बितिसक्दा पनि तनहुँको घिरिङ गाउँपालिका अन्तर्गत पर्ने देउराली देखि स्याङ्जा, चापाकोट, केलादी घाटसम्मको २५ किलोमिटर मोटरमार्ग अलपत्र परेको छ ।

उक्त मोटरमार्ग निर्माण हुन नसक्दा स्थानीय जनताहरू बर्खामा हिलो र हिउँदमा धुलै धुलोको समस्याले गाउँ नै छोड्न बाध्य हुन पुगेका छन्। उक्त मोटर मार्गको २०७३ साल वैशाख २३ गते ठेक्का लागेको थियो। १५ महिनामा काम  सक्नेगरी १० करोड ७६ लाखमा सम्झौता भएको उक्त मोटर मार्ग सन्तोषी निर्माण सेवा चितवनले ठेक्का पाएको थियो । ठेक्का पाएर काम बिचैमा छोडेपछि मोटर मार्ग त्यसै  त्यसै लथालिङ्ग र भताभुङ्ग हुनु पुगेको छ। जस्का कारण स्थानिय जनताले सास्ती बेहोर्नु परेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।

हामीले यो भोगर मार्गको विषयलाई लिएर प्रदेश देखि केन्द्र सरकारको ढोका ढकढकायौं तर सुनुवाई कतै बाट पनि हुन सकेन घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले भने । सर्वोच्च अदालत सम्म मुद्धा पऱ्यो उनले भने ।

जिल्ला समन्वय समिति तनहुँका इज्जिनियर प्रशिस नारायण सापकोटा काम समयमा नै सम्पन्न नभएपछि बनेका पूर्वाधारहरु पनि भत्किएको बताउँछन्।
निर्माण कम्पनीले हाल सम्म ७ करोड ६० लाख भुक्तानी पाइसकेको र उस्ले ४ करोड २५ लाख भुक्तानी पाउनु पर्ने बताएतापनि पूर्वाधार कार्यालय तनहुँको मूल्याङ्कनमा ९२ लाख मात्र भुक्तानी दिन मिल्ने जनाएपछि विवाद उत्पन्न हुन पुगेको हो । विवाद उत्पन्न भएपछि उक्त बाटोमा मुद्दा परेको छ। ‘मुद्दाकै कारण न त नयाँ ठेक्का लगाउन सकिन्छ न त ठेक्का लिएको कम्पनीले नै बाटो बनाउँछ । साह्रै समस्यामा परेको छ ।’-  पालिकाका अध्यक्ष थापाले बताए । जसको मार स्थानीय जनताहरूमा परेको छ । उनले थपे । मोटर मार्गमा   मुद्दा परिसकेपछि  मुद्दाको किनारा नलाएसम्म कुनै पनि काम अगाडि बढाउन मिल्दैन । मुद्धाको किनारा कहिले लाग्ने हो ठेगान छैन ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले उक्त मोटर मार्ग  समयमा नै सम्पन्न हुन नसक्दा स्थानीयले धेरै शास्ती बेहोर्नुपरेको स्वीकार गर्दै ठेकेदार कम्पनी र पूर्वाधार कार्यालय  र जिल्ला समन्वय समितिले समन्वयकारी भूमिका निर्वाह गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिन्छन् । ‘मैले नै उक्त बाटोको दुईपटक अनुगमन गरिसके तर टुङ्गो लाग्ने कुनै अत्तोपत्तो छैन।’- उनले भने । उक्त सडक मार्ग समयमानै सम्पन्न हुन नसक्दा भिमाद हुँदै घिरिङ तथा स्याङ्जा, चापाकोट, केलादीघाट सम्म पुग्ने हजारौ बासिन्दाहरुलाई ठूलो समस्या परेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button