हेडलाईनसमाचारप्रवास

भारतको मणिपुरमा राष्ट्रपति शासन लागू

प्रहार समाचार । भारत, २ फागुन २०८१ शुक्रवार ।  भारतको मणिपुरमा राष्ट्रपति शासन लागू भएको छ ।केन्द्रीय गृह मन्त्रालयले यस सम्बन्धि सूचना जारि गरेको छ।

मुख्यमन्त्री हटाउन माग गर्दै मणिपुरका १९ भाजपा सांसदले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका थिए। पत्रमा सभामुख थोकचोम सत्यव्रत सिंह, मन्त्री थोङ्गम विश्वजित सिंह र युमनम खेमचन्द सिंहको हस्ताक्षर रहेको थियो।

मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले राजीनामा दिएपछि राज्यमा राष्ट्रपति शासन लागू गरिएको हो ।मणिपुरमा  जातीय हिंसाका कारण हालसम्म २ सय ५० भन्दा बढिको ज्यात गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहलाई राज्यमा हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लगाइएको थियो । 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button