हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

भूमि आयोग तनहुँले पूर्णता पायो : भूमिहीन, दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको  टुङ्गो लाग्ने आशा

• चन्द्रावती कमली (नहर्की) प्रहार समाचार । तनहुँ, २ फागुन २०८१ बिहिवार । भूमि आयोग तनहुँले पूर्णता पाएको छ। सरकारले गोविन्द राज सिलवाललाई भूमि आयोग तनहुँको अध्यक्षमा मनोनयन गरे सङ्गै विज्ञ सदस्य र सदस्यहरूको पनि टुङ्गो लागेपछि आयोगले पूर्णता पाएको हो ।

आयोगले पूर्णता पाए सङ्गै अब छिट्टै तनहुँका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको पनि  टुङ्गो लाग्ने आशा पलाएको छ ।
आज तनहुँको सदरमुकाम दमौली स्थित जिल्ला समन्वय समितिको सभा हलमा भूमि आयोगका विज्ञ सदस्य श्रीराम कार्की, सदस्य आशा थापा, र सदस्य रामचन्द्र उपाध्यायलाई आयोगका अध्यक्ष सिलवालले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा नेकपा एमालेका पूर्व सांसद केदार सिक्देल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, भूमि आयोगका पूर्व अध्यक्षहरु रामचन्द्र अधिकारी, उदयराज गौली, व्यास नगर पालिकाका उपप्रमुख ईन्दिरा दरै लगायतको सहभागीता रहेको थियो ।

आयोगका अध्यक्ष सिलवालले साथिहरुको साथ सहयोग र सहकार्यमा बषौंदेखिको तनहुँका देखिएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या  निष्पक्ष ढङ्गले भेदभाव रहित तरिकाबाट काम अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button