प्रहार समाचार । तनहुँ, ३० माघ २०८१ बुधवार । नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौँले सार्वजनिक गरेको हरेक जिल्लाको त्रैमासिक श्रेणी तालिकाको वरियाता क्रम आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक नतिजा सार्वजनिक गरेको छ। मन्त्रालयद्वारा सार्वजनिक दोस्रो त्रैमासिकको नतिजाको वरियाता क्रममा तनहुँ जिल्ला २३औं नम्बरमा पर्न सफल भएको छ। यो स्थानमा परे संङ्गै तनहुँ जिल्लाले २० पूणाङ्कमा १८ दशमलव ८१२५ अङ्क प्राप्त गरेको छ।

जिल्लामा शान्ति शुसासन कायम गर्ने, लागू औषध नियन्त्रण गर्ने, विपद् व्यवस्थापन , कार्यालयहरुको सेवा प्रवाह , बजार अनुगमन लगायतका विषयहरुको मूल्याङ्कनका आधारमा गृहमन्त्रालयले प्रत्येक ३/३ महिनामा ७७ जिल्लाकै मूल्याङ्कन गर्ने गर्दछ ।
सोहि प्रावधान बमोजिम मन्त्रालयको मूल्याङ्कनमा १ नम्बरमा पर्ने जिल्लाहरुमा इलाम, पश्चिमी रुकुम र पाल्पा जिल्ला पर्न सफल भएका छन्। ती जिल्लाहरुले २० पूर्णाङ्कमा १९ दशमलव ५ अङ्क ल्याउन सफल भएको गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
गत त्रैमासिकको तुलनामा यस त्रैमासिकमा तनहुँ जिल्लाको स्थिति सुधार :
यसै बिच बरियाता क्रममा तनहुँ जिल्लाको स्थिति अघिल्लो पहिलो त्रैमासिकको तुलनामा धेरै नै सुधार भएको पाइएको छ। आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिकको बरियाता क्रममा देश भरका ७७ जिल्ला मध्ये तनहुँ जिल्ला ६१औं स्थानमा थियो ।
यस्तै यसै आर्थिक वर्षको दोस्रो त्रैमासिकको बरियाता क्रमको नतिजामा तनहुँ जिल्ला २३औं स्थानमा परेको छ। तनहुँ जिल्ला २३ औं स्थानको वरियाता क्रममा परेपछि तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले सबै कर्मचारीहरुको सहयोगले आफुहरुले जिल्ला वासिहरुको सेवा प्रवाहमा रत्तिभर कमी नगरि छिटो छरितो र सहज ढङ्गले सेवा प्रवाह गरेको बताए ।

प्रजिअ थापाले राख्नुपर्ने नियमित बैठक राखेको, नियमित रूपमा कार्यतालिका बनाएर अनुगमन गरेको, लागू औषध नियन्त्रमा ध्यान पुऱ्याएको , सुशासन कायम राख्न दत्त चिन्त दिएर काम गरेको तथा विपद् व्यवस्थापन र शान्ति सुरक्षामा देखिने गरी काम गरेको कारण यस त्रमासिक मूल्याङ्कनमा २३ औं स्थान हाँसिल गर्न सफल भएको बताए । हेरौं ७७ जिल्लाको सूचि :





























