हेडलाईनसमाचारगण्डकीम्याग्देखेलकुद

तनहुँको म्याग्दे गाउँपालिकाले जिल्ला स्तरीय  पुरुष व्याडमिन्टन प्रतियोगिता गर्ने

प्रहार समाचार । तनहुँ, १ फागुन २०८१ बिहीवार ।  तनहुँको म्याग्दे गाउँपालिकाले दोस्रो अध्यक्ष कप २०८१ अन्तर्गत जिल्लास्तरीय सी लेभलको पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ।

यही फागुन १६ र १७ गते म्याग्दे गाउँपालिकामा हुने उक्त प्रतियोगिताले व्यडमिन्टन खेल प्रति उत्साह जगाउँदै समग्र खेलकुँदको विकासमा टेवा पुग्ने पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित उक्त प्रतियोगिताले जिल्ला स्तरीय खेलाडीहरूको पहिचानमा टेवा पुर्‍याउँदै समग्र म्याग्दे गाउँपालिकाको प्रचारप्रसारमा समेत टेवा पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

प्रतियोगितामा प्रथम हुने विजय टिमले ५० हजार नगद  ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने सान्त्वना हुनेले १० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उक्त प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार तोकिएको छ भने सहभागिले आफ्नो नागरिकताको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्ने छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button