प्रहार समाचार । तनहुँ, ३० माघ २०८१ बुधवार । वेदानुयायी प्रतिष्ठान नेपालको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन व्यास गुफा परिसर दमौलीमा सम्पन्न भएको छ।

व्यास गुफा परिसरमा हिजो सम्पन्न प्रतिष्ठानको अधिवेशनले पं कृष्ण कान्त काफ्ले शास्त्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ऋषिराम ढुङ्गाना ( सेवक) र अन्जनराज न्यौपाने निर्वाचित भएका छन् भने समितिको महासचिवमा सत्यप्रसाद खनाल, सचिवमा श्री भद्र न्यौपाने, सहसचिवमा मञ्जु रेग्मी न्यौपाने निर्वाचित भएकी छन्।
त्यस्तै समितिको कोषाध्यक्षमा निर्मला वाग्ले न्यौपाने र सहकोषाध्यक्षमा सरस्वती पौडेल निर्वाचिच भईन् । यसैगरी प्रतिष्ठानको केन्द्रीय सदस्यहरुमा क्रमश दुर्गाभक्त अधिकारी, मधुमाया घिमिरे, कोपिला थापा, लक्षमण श्रेष्ठ , गीता सोती र मिरा रानाभाट निर्वाचित भएका छन्। निर्वाचन अधिकृत द्धय डा .लक्षमीकान्त चापागाईं र अधिवक्ता शिवराज काफ्लेले नव निर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराएका थिए ।
कार्यक्रममा शान्ति स्वरूपानन्द दामोदर बाबा , बैदिक पुरोहित समाज तनहुँका अध्यक्ष तुलसीराम पौडेल उपाध्याय, व्यासका अध्येता काशिनाथ न्यौपाने, व्यास क्षेत्र शिव पाञ्चायन क्षेत्र विकास समितिका अध्यक्ष प्रेम प्रकाश भट्टराई, व्यास नगरका संस्थापक नगर प्रमुख तारा प्रसाद श्रेष्ठ, वेद अनुयायी प्रतिष्ठान पोखराका अध्यक्ष ऋषिराम त्रिपाठी लगायतले नव निर्वाचित कार्य समितिलाई बधाई सहित शुभकामना प्रदान गरेका थिए ।


























