हेडलाईनसमाचारगण्डकीभिमाद

विद्यार्थीलाई तातो पनियोले डाम्ने शिक्षक श्रेष्ठ पक्राउ

प्रहार समाचार । तनहुँ,३० माघ २०८१ बुधवार । तनहुँको भिमाद नगरपालिका वडा नं ६ शान्तिनगरमा रहेको प्रभात एकेडेमी बोडिङ स्कुलमा अध्ययनरत विद्यार्थीलाई तातो पनियोले  डाम्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

कक्षा कोठामा होहल्ला गरेको भन्दै कक्षा ४ मा अध्यनरत १० बर्षीय प्रमिस परियारसहित चार जना विद्यार्थीलाई तातो  पनियोले  गालामा डाम्ने शिक्षक शुष्मा श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।

कक्षा कोठामा होहल्ला गरेको भन्दै कक्षा ४ मा अध्यनरत १० बर्षीय प्रमिस परियारसहित चार जना विद्यार्थीलाई शिक्षका श्रेष्ठले पनियोले डामेर घाइते बनाएकी थिइन् । 

पनियोको डामबाट एक बालकको गालामा बढी कालो दाग र तीन जना बालकको गालामा सामान्य चोट रहेको इलाका प्रहरी कार्यालय भीमादले जनाएको छ । 
शिक्षक श्रेष्ठले आफ्नो गल्ती प्रहरी समक्ष स्वीकार गरेकी छिन् । घट्ना मंङगलबारको हो । कक्षा कोठामा होहल्ला गरेपछि आफुले कारवाही स्वरुप उक्त कार्य गरेको शिक्षिकाको भनाईलाई उदृत गर्दै प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।  

शिक्षकलाई इलाका प्रहरी कार्यालय भीमादले नियन्त्रणमा लिएर अनुसन्धानका कार्य भैरहेको जनाएको छ । आफनो नाति सहित  चार जनालाई शिक्षक श्रेष्ठले पन्यू तताएर डामेर घाइते बनाएकी देव रसाईलीले बताए ।

यस सम्बन्धमा जिज्ञासा राख्दा विद्यालयका सञ्चालक एवं अध्यक्ष कृष्ण देव श्रेष्ठले पनि शिक्षक श्रेष्ठले आवेगमा आएर गल्ती गरेको स्विकार गरेका छन्। ‘गल्ति भयो हामी सजायको भागीतार हुन तयार छौं बच्च्याको उपचार गछौं ।’ – उनले प्रहार समाचार संङ्ग कुरा गर्दै भने ।

बच्चाका अविभावक देव रसाइलीले ‘यस्तो संवेदनशील घटनालाई फोहोरी राजनीतिक घुसाएर थामथुम पार्ने घृणित  कार्य नहोस । ता कि भोलि हाम्रो  बाबू जस्तै अन्य कलिला बच्चाहरुको कोमल छाला माथि तातो पन्यू  नडामियोस …यो घटनालाई डर, धम्की, लोभ, लालच देखाएर राजनीतिक पहुँच र पावर बाट थामथुम नगरियोस् ।’ भनेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button