हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँको सम्भावनाको प्रवद्धनको लागि अन्तरक्रिया सहितको बहस कार्यक्रम हुने

• शंकरराज नहर्की । तनहुँ, २९ माघ २०८१ मङ्गलवार । चार वेद १८ पुराणका रचयिता भगवान वेदव्यासको तपोभूमि तथा आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँको सदरमुकाम दमौलीमा अन्तर्रक्रिया सहितको बहस कार्यक्रम हुने भएको छ।

‘एजेन्डा तनहुँ ‘एक पृथक पर्यटकीय गन्तव्य-  प्रचुर सम्भावना : न्यून प्रयास।’ सम्बन्धी टेलिभिजन बहस कार्यक्रम  हुने भएको हो। सिङ्गो तनहुँको विकास, सम्भावना र चुनौतीका सम्बन्धमा आगामी फागुन ३ गते शनिबार दिउसो ११ बजेबाट दमौली सभाहलमा उक्त कार्यक्रम हुने रिस्ती विकास समाज तनहुँका अध्यक्ष नविन पौडेलले आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

एभिन्यूज टेलिभिजन द्वारा एभिन्यूज एजेन्डा : एजेन्डा तनहुँ’ एक पृथक पर्यटकिय गन्तव्य – प्रचुर सम्भावना : न्यून प्रयास ! ‘ कार्यक्रम गर्न लागिएको अध्यक्ष पौडेलले बताए ।

कार्यक्रममा बोल्दै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रले बन्दीपुरको मौलिकता र ऐतिहासिकताको आकर्षण, आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घाको सुरम्यता, भानु घाँसी स्मारक पार्क, ऐतिहासिक घाँसिकुवा, मानुङ्कोट तथा ऐतिहासिक तनहुँसुर रहेको बताए ।

उनले व्यास पुण्यभूमि, पराशरआश्रम , छाब्दी बाराही, ढोरबाराही, आँधिमूल बाराही, अकला मन्दिर, तनहुँ कालिका मन्दिर , थानिको थान, पवित्र तीर्थधाम देवघाट जस्ता आकर्षण गन्तव्यहरूले धार्मिक पर्यटनको अलौकिक अनुभूति, साथसाथै कला – साहित्य, अनुपम  संस्कृतिको प्रवर्धन लगायत प्राकृतिक तथा पुरातात्विक वस्तुहरूको प्रचारप्रसारमा यस्ता कार्यक्रम सहायक सिद्ध हुने बताए

कार्यक्रममा बोल्दै बरिष्ट उपाध्यक्ष ईमकुमार मल्लले तनहुँ सम्भावना नै सम्भावनाले भरिपूर्ण जिल्ला रहेता पनि दूरदर्शी हिसाबले यहाँको विकास हुन नसकेको गुनासो गर्दै  सिङ्गो तनहुँको प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रम  एभिन्यूज टेलिभिजनको आयोजना, रिस्ती विकास समाज तनहुँको सहआयोजना र  तनहुँ उद्योग वाणिज्य सङ्घको सहकार्यमा हुने छ।

छिम्केश्वरी, मिलुङकोट, भुजिकोट, ऋषिङकोट, कर्लुङकोट,  सहिदको गाउँ पुलिमऱ्याङ, धार्मिक महत्व बोकेको पवित्र नदीहरु कालीगण्डकी, त्रिशुली, सेती, मादी, मरस्याङ्दी आदिको प्रचुर सम्भावना भएपनि आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाउने तर्फ  पहल नभएको त्यस अबसरमा बताइयो ।  रिस्ती विकास समाज तनहुँका अध्यक्ष नबिन पौडेलले बहसको माध्यमबाट राष्ट्रिय योजना आयोग, पर्यटन बोर्डलाई पर्यटन प्रर्बद्धनको लागि बजेट विनियोजनको लागि ध्यानाकार्षण गराउन कार्यक्रमले टेवा पुग्ने पुग्ने बताए । स्थानीय सरकारले चाल्नु पर्ने कदम, प्रदेश तथा संघीय सरकारले खेल्नु पर्ने भूमिका आदिको बारेमा बहसले टेवा पुग्ने पौडेलले विश्वास लिए ।

कार्यक्रममा  जिल्ला स्थित सङ्घ, तथा प्रदेशका सांसद, राष्ट्रिय योजना आयोग, पर्यटन बोर्ड पालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष, कार्यपालिकाका सदस्य, उद्योगी, व्यवसायीहरु, सामाजिक व्यक्तिहरु, पत्रकार, शिक्षक, विद्यार्थीहरु लगायतको  सहभागितामा कार्यक्रम गरिने अध्यक्ष पौडेलले जानकारी दिए । उनले उक्त कार्यक्रममा सहभागीताको लागि पनि सबैमा आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button