हेडलाईनसमाचारगण्डकीविजनेसशुक्लागण्डकी

चौथो शुक्लागण्डकी महोत्सव २०८१  : फागुन ९ गतेदेखि २० गतेसम्म हुने

प्रहार समाचार । तनहुँ, २९ माघ २०८१ मङ्गलवार । तनहुँको शुक्लागण्डकी नगरपालिकामा  चौथो शुक्लागण्डकी महोत्सव २०८१ हुने भएको छ।

आगामी  फागुन ९ गतेदेखि २० गतेसम्म उक्त महोत्सव हुने भएको हो । ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव कला सिप र सँस्कृतिको संरक्षण’ भन्ने मुल नारका साथ शुक्लागण्डकी नगर उद्योग बाणिजय संघले भानुभक्त बहुमुखी क्याम्पस हाता भित्र उक्त महोत्सव आयोजना गर्न लागेको शुक्लागण्डकी नगर उद्योग बाणिजय संघका अध्यक्ष एवम् महोत्सवका मुल संयोजक समुन्द्रराम श्रेष्ठले  जानकारी दिए ।

महोत्सवले स्थानीय स्तरमा उत्पादित घरेलु तथा कृषि उपजलाई विक्री वितरण गरी सुस्ताएको स्थानिय अर्थतन्त्रलाई चलायमान बनाउँदै जीवनस्तर सुधार गर्न र गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने संयोजक श्रेष्ठको भनाइ छ।


उनका अनुसार नगर क्षेत्रभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी होमस्टे प्रवर्धन गर्दै  स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न विभिन्न प्रतियोगितात्मक कार्यक्रमले टेवा पुऱ्याउने छ।

महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न समुदायको झाँकी प्रदर्शनी, दगाम भुजिकोट डाडाँको अवलोकन, ऐतिहासिक तथा धार्मिक क्षेत्रको अवलोकन साथै विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम रहने संघका बरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका कलाकार संयोजक सुमन सापकोटाले बताए ।

पूर्व अध्यक्ष एवम् महोत्सवका निर्देशक विमल रिमालले महोत्सवमा विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, नृत्य प्रतियोगिता, पालिका स्तरीय भलिबल प्रतियोगितात्मक कार्यक्रम सञ्चालन हुने बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button