• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, २८ माघ २०८१ सोमवार । नेपाल मगर विधार्थी संघ जिल्ला कार्य समिति लमजुङको तेस्रो जिल्ला अधिवेशन हालै सम्पन्न भएको छ ।

उक्त अधिवेशनले सुनिल आले मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्व-सम्मत चयन भएको छ ।संघको उपाध्यक्षमा सुनिल बुढा मगर , सचिवमा प्रिया मक्किम मगर, सह-सचिवमा संगिता आले मगर र कोषाध्यक्षमा इच्छा राना मगर चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः पुजा राना मगर, सुजन राना मगर, रस्मिता राना मगर, बिष्णु राना मगर, आयुष थापा मगर, आशिष थापा मगर, सुजन थापा मगर, आयुष जंग राना मगर, विनु राना मगर र शंकर राना मगर सर्व-सम्मत चयन भएका छन् ।

कार्यक्रमको नेपाल मगर विधार्थी संघका केन्द्रिय उपाध्यक्ष बिष्णु आले मगरले उद्घाटन गर्दै मगर विद्यार्थी संघले सम्पूर्ण विद्यार्थीहरुको हक हितमा काम गर्नु पर्ने बताउँदै आफ्नो भाषा, संस्कार र संस्कृतिको संरक्षणमा लाग्नु पर्ने बताए ।

नेपाल मगर विधार्थी संघ जिल्ला कार्य समिति लमजुङका अध्यक्ष दिलिप राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होम राना मगर, नेपाल मगर विधार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष डेक पुन मगर लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए । प्रदेश सदस्य समिक्षा थापा मगरले स्वागत गरेकी उक्त कार्यक्रमको सहजीकरण प्रिया मक्किम मगरले गरेकी थिइन् ।



























