हेडलाईनसमाचारभानुगण्डकी

तनहुँको भानुमा स्थानीय आर्थिक विकास याेजना तर्जुमा प्रशिक्षण

प्रहार समाचार । तनहुँ, २८ माघ २०८१ सोमवार । तनहुँकाे भानु नगरपालिकामा चार दिने स्थानीय आर्थिक विकास याेजना तर्जुमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुर र भानु नगरपालिकाकाे संयुक्त आयाेजनामा शनिबारबाट स्थानीय आर्थिक विकास याेजना तर्जुमा प्रशिक्षण कार्यक्रम गरिएकाे हाे। प्रशिक्षण कार्यक्रममा स्थानीय आर्थिक विकासको अवधारणा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश निति तथा कार्यक्रम, उद्यमशीलता र सहकारी, याेजना प्रकृया, वस्तुगत अवस्थाकाे विश्लेषण, तुलनात्मक लाभका सम्भावित क्षेत्रहरुकाे पहिचान, सराेकारवालाहरुकाे पहिचान, स्राेतहरुकाे लेखाजोखा, रणनीतिक याेजना, कार्ययोजनाकाे तयारी, कार्यान्वयन र अनुगमन आदि विषयमा प्रशिक्षण दिईने छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठ, कृष्णचन्द्र ढकाल, धनपति खरेल, याेगमाया सापकाेटा, चञ्चला अधिकारी  लगाएतले प्रशिक्षण प्रदान गरेको कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी, उप-प्रमुख उमा गाेतामे, प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारी, वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य, भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, स्थानीय संघसंस्थाका प्रतिनिधि लगाएतकाे सहभागिता रहेकाे नपाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए ।

कार्यक्रमकाे अन्त्यमा स्थानीय आर्थिक विकास याेजनाकाे प्रारम्भिक रुपरेखा तयार गरि नगरपालिकालाई हस्तान्तरण गरिने बताईएकाे छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button