हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यासगुफा परिसरमा ‘रुद्रयाग्  यज्ञ’ सुरु

प्रहार समाचार । तनहुँ, २७  माघ  २०८१ आइतवार । चार वेद अठार पुराणका रचयीत भगवान वेदव्यासको  तपोभूमि तनहुँको व्यास नगरपालिका वडा नं ३, व्यासगुफा परिसरमा आजबाट  ‘रुद्रयाग यज्ञ’ सुरु भएको छ।

कार्यक्रको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै यज्ञबाट देवतालाई प्रसन्न पारिनुका साथै मनले चाहेको फल प्राप्त गर्न सकिने बताए । उनले व्यास  तपोभूमिमा सुरु भएको यज्ञको आफैमा ठूलो महत्व रहेको चर्चा गर्दै यसले व्यास र पराशर ऋषिको महतलाई प्रचार प्रसारमा योगदान पुऱ्याउने बताए ।

शान्ति स्वरूपानन्द दामोदर बाबाले विश्व शान्तिका लागि गरिएको यस्ता यज्ञको महत्व अतुलनिय रहेको चर्चा गर्दै व्यास ऋषिको तपोभूमिको प्रचार प्रसारमा सबै लाग्नुपर्ने बताए ।

बैदिक पुरोहित समाज तनहुँका अध्यक्ष तुलसीराम पौडेल उपाध्यायले सभापतित्वमा भएको कार्यक्रममा बोल्दै आज ‘व्यक्ति, समाज र राष्ट्रको कल्याणका लागि यज्ञ आयोजना गरिएको तथा यज्ञ जिल्लामा नै पहिलो पटक आयोजना गरिएको जानकारी दिए ।

वेद अनुयायी प्रतिष्ठान नेपालका अध्यक्ष आचार्य पं कृष्णकान्त काफ्लेले यज्ञ भनेको परमात्मा सङ्ग जोडीने भएकाले यज्ञको छुट्टै महत्व रहेको चर्चा गरे । त्यस अवसरमा व्यासका अध्येता काशिनाथ न्यौपाने, ब्रम्हाण समाज व्यास नगर अध्यक्ष विश्व सुवेदी लगायतले पनि यज्ञको सफलताको कामना गरेका थिए ।

शास्त्रीय मर्यादामा रहेर गरिने रुद्रयागमा ४५ जना गुरुहरुको सहभागिता हुने सचिव श्रीभद्र न्यौपानेले जानकारी दिए । व्यास भूमिलाई स्वदेश तथा विदेशमा समेत प्रचार प्रसारमा यज्ञ सहयक सिद्ध हुने विश्वास प्रचारप्रसार समितिका संयोजक गणेश घिमिरेले बताए । आज  पूर्वाङ्ग,दोस्रो दिन भोली हवन र तेश्रो दिन पर्सि  अभिषेक टीका ग्रहण कार्य हुनेगरि यज्ञको आयोजना गरिएको छ। यज्ञमा ४१ जना ब्राम्हणहरुले हवनात्मक र पाठात्मक यज्ञ गरिने बताइएको छ। यज्ञमा आठ हजार चार ५९ पटक आहुति दिइने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button