हेडलाईनसमाचारप्रदेश

चितवनमा बस दुर्घटना : २३ जना घाइते

प्रहार समाचार । चितवन २७ माघ २०८१ आइतवार । चितवनमा आज बिहान साढे ४ बजे बस दुर्घटना भएको छ। उक्त दुर्घटनामा  हुँदा २३ जना घाइते हुन पुगेका छन् ।

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस  नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटना हुँदा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिदै घटनाको थप अनुसन्धान भइरहेको जनाइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button