आँबुखैरेनी गाउँपालिकाहेडलाईनसमाचारगण्डकीस्वास्थ्य

तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेज बीच स्वास्थ्य सेवा सञ्चालन गर्ने सम्झौता

प्रहार समाचार । तनहुँ, २६ माघ २०८१ शनिवार । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको  चितवन मेडिकल कलेज, भरतपुर- १० बीच स्वास्थ्य सेवा सञ्चालन गर्ने सम्झौता भएको छ।

पालिकाका अध्यक्ष शुक्र चुमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटाले उक्त सम्झौतामा पत्रमा  माघ २२ गते हस्ताक्षर गरेका थिए।

सम्झौता बमोजिम आँबुखैरेनी गाउँ पालिकाका नागरिकहरुले चितवन मेडिकल कलेजबाट उपलब्ध गराउने उपचार सेवाहरुमा २० प्रतिशत रकम छुट गराउने सहमति भएको छ । यस्तै   प्रत्येक १५-१५ दिनमा विशेषज्ञ सेवा उपलब्ध गराइने गरि  सम्झौता भएको छ। पालिकाको विकट क्षेत्रलाई केन्द्रित गरी निःशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति र उपकरण मेडिकल कलेजले उपलब्ध गराइने सम्झौता भएको पालिकाले जनाएको छ।

उक्त सम्झौता मार्फत आँबुखैरेनी गाउँपालिकाका नागरिकहरूलाई स्वास्थ्य सेवा लिन थप सहज हुने बिश्वास पालिकाले लिएको जनाएको छ। हेरौं सम्झौता पत्र :

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button