हेडलाईनसमाचारगण्डकीसाहित्य

लमजुङको चिती साहित्य समाजको १४ औं बार्षिकोत्सव सम्पन्न

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, २६ माघ २०८१ शनिवार । बेसीशहर नगरपालिका वडा नम्बर-११,स्थित चिती साहित्य समाजको १४औं बार्षिकोत्सव तथा स्थापना दिवस सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञा सभा सदस्य प्रकाश तिवारीले साहित्य संस्था सबैको साझा संस्था हुने भएकोले यसलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउनु पर्ने बताए ।

चिती साहित्य समाजका अध्यक्ष ज्ञानशाली पन्तले कार्यक्रममा उपस्थित सबै प्रति धन्यवाद व्यक्त गर्दै आफ्ना बुबाले देखाउनु भएको सत्मार्गमा सधैं लागिरहने र चितीको समग्र विकासमा बुबाको योगदान अतुलनीय रहेकोले आफ्नो पनि योगदान रहिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।


समाजका अध्यक्ष ज्ञानशाली पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष बाबुराम पाण्डेको तर्फबाट सल्लाहकार धुर्वशाली पन्तले  बार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।


कार्यक्रममा बेसीशहर नगरपालिका वडा नम्बर -११, का वडा अध्यक्ष शिव प्रसाद जोशी, समाजका संस्थापक अध्यक्ष रुद्रनिधि तिवारी, लोकराज आदर्श माध्यमिक विद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत बहादुर विष्ट, प्र.अ.तेजनारायण मण्डल, शान्ति भवन प्रावि.का प्रधानाध्यापक ध्रुवशाली पन्त, समाजका पुर्ब उपाध्यक्ष रमेश विष्ट, जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार बासुदेव सेढाई, रेडियो भोटेवडारका स्टेसन म्यानेजर एबं युवा कवि बासुदेव थापा, लिस्नो साहित्यिक मञ्च नेपालका संरक्षक बसन्त अधिकारी, लगाएतले शुभकामना मन्तव्य र रचना वाचन गरेका थिए ।

लोकराज आदर्श मा. वि. कार्किडाँडामा भएको कार्यक्रममा विद्यार्थीहरुको विच रचना वाचन, मुक्तक प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा जनजागृती आ.वि.की कृष्मा पन्त प्रथम, वालविकास मा.वि.की कौसिला सेढाई द्धितीय, जनजागृति आ.वि.कै अरुण परियार तृतीय र लोकराज आदर्श मा.वि.की सर्मिला तामाङ, रोजिना विक, उपेश चिलुवाल सान्त्वना भएका थिए ।


कार्यक्रममा साहित्यिक स्रष्टा सम्मान, भजन प्रस्तुती लगायतका कार्यक्रम गरिएको थियो । समाजका उपाध्यक्ष नेत्र कुतालले उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रमको सहजिकरण  सचिव सोविता रेग्मीले गरेकी थिइन् ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button