प्रहार समाचार । तनहुँ, २२ माघ २०८१ मङ्गलवार । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले वडा वासीहरुलाई सहज ढङ्गबाट छिटो र छरितो सेवा प्रवाहमा लाग्न जन प्रतिनिधिहरुलाई लाग्न आग्रह गरेका छन्।

अध्यक्ष श्रेष्ठले ऋषिङ्ग गाउँपालिका वडा नं १ मा नव निर्मित १ नम्बर वडा कार्यालय भवन तथा ऋषिङ्ग झापुटार सामुदायिक सभाहलको आज उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्।

अध्यक्ष श्रेष्ठले नव निर्मित वडा कार्यालय तथा सामुदायिक सभाहललाई वडाले वडाकै सम्पत्तिकै रूपमा लिएर अधिकतम उपयोग र संरक्षण गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष गिनुमायाँ थापा, प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाई, नेका तनहुँका जिल्ला सदस्य मोहन गिरी, नेपाली कांग्रेस ऋषिङ गाउँपालिका सभापति श्रीबहादुर आले, समाजसेवी भूपाल सिंह थापा, मधुसिंङ थापा, नेपाल पत्रकार महासंघ तनहुँका सभापति डिपी अधिकारी लगायतले नव निर्मित भवनबाट नागरिकहरुले अझ सहज ढङ्गबाट सेवा प्रवाह गर्न आग्रह गरे ।

त्यस अवसरमा भवन निर्माण लगायत समाजसेवामा योगदान गर्ने निवर्तमान वडा अध्यक्ष श्रीबहादुर आले, बुद्धिमान राना, खिम बहादुर थापा, सावित्री परियार दमै, तनहुँ हाइट्रो पावर लिमिटेड, बेलटार बचाङ गौडा सामुदायिक वन उपभोक्ता समिति तथा निर्मण कम्पनी विपी कन्ट्रक्सन, हरि शान्ति कन्ट्रक्सन लगायतलाई सम्मान गरिएको थियो ।


ऋषिङ्ग सभाहल १ करोड ५१ लाखमा निर्माण सम्पन्न भएको थियो । १० लाख बराबरको फर्निचरको व्यवस्था गरेको वडा कायालयले जनाएको छ।

त्यस्तै हलको क्षमता एक हजार जनाको रहेको छ। त्यस्तै गरि २ तले १ नम्बर वडा कार्यालय ९१ लाखको लागतमा बनेको बताइएको छ।

ऋषिङग गाउँ पालिका वडा नं १ का वडाअध्यक्ष कुश बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको ऋषि गाउँ पालिकाका वडा नं १ का वडा सचिव दिपक आचार्यले सहजिकरण गरेका थिए ।


























