हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति  ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने घोषणा

प्रहार समाचार । काठमाडौँ, २३ माघ २०८१ बुधवार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने घोषणा गरेको छ । ट्रम्प प्रशासनले यूएसएआईडीलाई बन्द गरेर परराष्ट्र मन्त्रालयमा गाभ्ने घोषणा गरेको हो । 

अमेरिकाको ‘सरकारी दक्षता विभाग’का निर्देशक एलन मस्कले आफू र राष्ट्रपति ट्रम्पले ‘यूएसएआईडी’ बन्द गर्न लागेको घोषणा गरेका हुन् । मस्कले सोमबार आफ्नै सामाजिक सञ्जाल ‘एक्स’द्वारा आयोजित एक प्रत्यक्ष सत्रमा बोल्दै यूएसएआईडी बन्द गर्ने विषयमा राष्ट्रपतिसँग विस्तृत कुराकानी भएको बताएका थिए । ‘यसलाई बन्द गर्नुपर्छ भन्ने विषयमा राष्ट्रपति सहमत छन्,’ मस्कले भनेका छन् । 

यूएसएआईडी सुधार्नै नसक्ने अवस्थामा पुगेको मस्कको दाबी छ। सहायता एजेन्सीका कर्मचारीहरूलाई घरमै बस्न भनिएको छ । मस्कको घोषणासँगै यूएसएआईडीका कर्मचारीहरूलाई सूचना जारी गर्दै वासिङ्टनस्थित मुख्यालय प्रवेश नगर्न निर्देशन दिइएको छ । समाचार संस्था रोयटर्सले सयौं कर्मचारीलाई बिदामा पठाइएको जनाएको छ। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button