प्रहार समाचार । तनहुँ , २२ माघ २०८१ मङ्गलवार । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा पुनः राजकुमार श्रेष्ठ विवि चयन भएका छन्। शाखाको आज दमौलीमा सम्पन्न दशौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएक हुन् ।

अधिवेशनबाट शाखाको उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्षमा सुनिता आचार्य, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा किरण श्रेष्ठ र अन्जन परियार, कोषाध्यक्षमा सागर गिरी र सदस्यहरुमा विष्णुबहादुर सिंजाली र देव गजमेर सर्वसम्मत चयन भएका छन्। त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा प्रेमप्रसाद पौडेल, मदन तिमिल्सना र सम्झना रसाइली चयन भएका छन् ।

यस अघि अधिवेशनको उदघाटन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देलले पत्रकार समाजको ऐना र मार्गदर्शक बन्नुपर्ने बताउँदै पत्रकारिता सत्य, निष्पक्ष र तथ्यगत हुनुपर्नेमा जोड दिए ।
चौतारी नेपालका केन्द्रीय लेखा आयोग उपाध्यक्ष नवराज ढकाल, नेकपा (एमाले) का जिल्ला सचिव प्रदीपराज अधिकारी, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारी, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँ, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, लगायतले पत्रकारिता क्षेत्रका बारेमा धारणा राखेका थिए ।
प्रेस चौतारी पत्रकारिता पुरस्कार श्रेष्ठलाई

प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिएको छ । शाखाको दशौ जिल्ला अधिवेशनका अवसरमा श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य केदार सिग्देल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ विविले संयुक्त रुपमा उक्त पुरस्कार श्रेष्ठलाई प्रदान गरे । पुरस्कारको राशी दश हजार र सम्मान पत्र रहेको छ ।


























