प्रहार समाचार । तनहुँ, २२ माघ २०८१ मङ्गलवार । तनहुँको व्यास नगर पालिका वडा नं ६ मादीवेशी निवासी सामाजिक एवं राजनीतिक व्यक्तित्व स्वर्गीय हेमराज न्यौपानेको स्मृतिमा न्यौपानेका परिवारजनले विद्यालमा सरास्वतीको मन्दिर निर्माण गरेका छन् ।

न्यौपाने परिवारले व्यास नगरपालिका वडा नम्बर ६ स्थित महेन्द्री आधारभूत विद्यालय हाताभित्र सरस्वतीको मन्दिर निर्माण गरेका हुन्।
स्व. न्यौपानेकी धर्मपत्नी बेदुका देवी न्यौपानेले २ लाख ५० हजार खर्च गरेर सरस्वती मन्दिर निर्माण गरिएको बताइन्। यसैबीच स्वर्गीय न्यौपानेका जेठा छोरा उत्तम न्यौपानेले हिंजो श्रीपंचमीको अवसरमा मन्दिरमा पूजा अर्चना गरेका थिए ।


























