प्रहर समाचार । काठमाडौं, २१ माघ २०८१ सोमवार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय सम्हाले पछि स्वास्थ्य क्षेत्रमा देखिने गरी नागरिकहरुको हितमा एक पछि अर्को गर्दै महत्वपूर्ण निर्णयहरू गरेका छन्।

यसैको पछिल्लो उदाहरण हो – स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने कठिनाइ हटाउन परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी प्रणाली स्थापना गर्ने निर्णय ।
मन्त्रालयले यो निर्णय गरेसंगै यस प्रणालीको कार्यान्वयनपछि बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुने विश्वास लिइएको छ। साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांकले मद्दत मिल्ने पनि देखिएको छ ।

























