हेडलाईनसमाचारगण्डकी

लमजुङ इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा रेग्मी

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार ।  लमजुङ, २० माघ २०८१ आइतवार । लमजुङ इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा भुवराज रेग्मी सर्व-सम्मत चयन भएका छन् । बेशिसहरमा हिंजो भएको संघको ७औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट रेग्मी सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, महासचिवमा दिपक शाहि, सचिवमा सुरेश श्रेष्ठ र कोषाध्यक्षमा नविन श्रेष्ठ सर्वसम्मत चयन  भएका छन् ।

समितिको सदस्यहरुमा क्रमश: रविन परियार, मनोज जोशी, कमल गुरुङ, जानकी कुँवर, सचिन केशरी र प्रकाश श्रेष्ठ चयन भएका छन्  ।

कार्यक्रममा  बोल्दै लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले एउटै प्रकारका व्यवसायमा एक भन्दा धेरै व्यवसायी हुँदा व्यवसायिक प्रतिस्पर्धा हुने गरेतापनि स्वच्छ र निष्पक्ष प्रतिस्पर्धाले सवै व्यवसायीहरुको हित हुने भन्दै  व्यवसाय र संस्थामा राजनिति गर्न नहुने बताए ।

लमजुङ इलेक्ट्रोनिक्स व्यवसायी संघका सल्लाहकार उमर लामा, निवर्तमान अध्यक्ष प्रविण श्रेष्ठ, उपाध्यक्ष राम श्रेष्ठ लगायतले व्यवासायीले नाफा मुखी नभई सेवा मुखी भाबले  अगाडी बढ्नु पर्ने बताए । संघका सचिव भुवराज रेग्मीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रम संघका अध्यक्ष काशिराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button