हेडलाईनसमाचारविजनेसप्रदेश

शेयर बजार लाग्यो उकालो

प्रहार समाचार । काठमाडौं,२० माघ २०८१ आइतवार । शेयर बजार आज ठूलो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ६९.८० ले वृद्धि हुँदै २७२७.५८ बिन्दुमा पुगेको छ । जस्काकारण आज कारोबार पनि झण्डै १३ अर्ब पुगेको छ ।

आज २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख बराबरको कारोबार भएको छ । २ सय २ कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

७ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दा एउटा कम्पनीमा १० प्रतिशतकै गिरावट आएको छ ।
समूहगत रूपमा माइक्रो फाइनान्स सबैभन्दा बढी ४.९२ प्रतिशतले बढेको छ । 

इन्भेस्टमेन्ट ३.३८, विकास बैंक ३.१५ प्रतिशतले बढ्दा बैंकिङ सेक्टरमा २.५२ प्रतिशतको वृद्धि देखिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button