प्रहार समाचार । काठमाडौँ, १८ माघ २०८१ शुक्रवार । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम सफा रहेको छ । तराईंका धेरै स्थानमा बिहानै देखि बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
आ राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


























