हेडलाईनसमाचारगण्डकी

‘सामुदायिक र निजी विद्यालयको शैक्षिक गतिविधिलाई  समायोजनगर्दै लानु पर्छ’ – मन्त्री पौडेल

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ , १६ माघ २०८१ बुधवार ।  गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले सामुदायिक र निजी विद्यालयको शैक्षिक गतिविधिलाई  समायोजन गर्दै लानु पर्ने बताएका छन् । लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर-९,फेदी कुनामा रहेको लाली गुराँस  बोर्डिङ स्कुलको ९ औं वार्षिकोत्सवका अवसरमा बोल्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन्।

मन्त्री पौडेलले निजी विद्यालयले शिक्षा क्षेत्रमा गरेको शैक्षिक योगदानलाई बिर्सन नसकिने बताए ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङ,सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइराला,सुन्दरबजार ,वडा नं-२ का वडा अध्यक्ष नवीनकुमार श्रेष्ठ,वडा नं ६का वडा अध्यक्ष दिनेश कोइराला, वडा नं ८ का वडा अध्यक्ष विजेन्द्र थापा, वडा नं ९ का वडा अध्यक्ष मनराज गुरुङ, प्याव्सन लमजुङका पूर्व अध्यक्ष मेनबहादुर घले, नेपाली काङ्ग्रेसका नगर सचीव अनमोल खनाल, ने.क.पा. माओवादीका उपाध्यक्ष र्सिजना बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष श्याम के.सी., रा.प्र.पा. नगर अध्यक्ष बिष्णु खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सु्न्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उत्तम गुरुङ, रेडियो भोटेओदारका अध्यक्ष हरिप्रसाद अधिकारी,भक्ति आदर्श क्याम्पसका  क्याम्पस प्रमुख  होमबहादुर कार्की,भविष्य निर्माण मा.वि.का प्रधानाध्यापक मायानाथ अधिकारी, सिर्जनात्मक साकोसका उपाध्यक्ष विष्णु श्रेष्ठ, इलाका प्रहरी कार्यालय प्रमुख चोनु गुरुङ, निवृत्त शिक्षक समाजका अध्यक्ष खुसीराम डौलिया, हातेमालो आमा समुहका अध्यक्ष मनु पन्त, आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष जीवन गुरुङ, सुन्दरबजार युवा  क्लबका राजकुमार के.सी.लगायतको उपस्थिति रहेको विद्यालयका अध्यक्ष रामजी कँडेलले जानकारी दिए ।
  विद्यालयका प्रिन्सिपल विष्णु घलेले विद्यालयको शैक्षिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा ३ सय ५१ जना विद्यार्थी र २७ जना शिक्षक रहेको बताए ।

कार्यक्रममा मन्त्री पौडेलले विद्यालयले गरेको विभिन्न विधा तथा खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ठ स्थान हासिल गर्ने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

सम्मानित हुने शिक्षकहरूमा जमुना आछमी र भगवती डौलिया र सम्मानित हुने अभिभावकहरुमा सुवास श्रेष्ठ, जगत मिश्र र संगीता थापा रहेका थिए ।


कार्यक्रममा नगरपालिका स्तरीय मा.वि. विज्ञान प्रदर्शनि,अभिभावक वीच डोरी तान्ने प्रतियोगिता, विद्यार्थी बीच भएका विभिन्न खेलकुद तथा नृत्य प्रतियोगितामा  प्रथम,द्दित्तिय र तृतीय हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो ।


विद्यालयका संस्थापक एवं  व्यवस्थापन समितिका अध्यक्ष रामजी कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत तिर्थ थापा र कार्यक्रमको सहजीकरण धनमाया सुनार र काजल श्रेष्ठले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button