हेडलाईनसमाचारप्रदेश

आज सहिद दिवस

प्रहार समाचार । तनहुँ, १६ माघ २०८१ बुधवार ।  प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज   बुधबार देशभर सहिद दिवस मनाइँदै छ । सहिद दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रमका गरिंदै छ।

२००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । यसै दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगाय अन्य राजनैतिक दलका नेताहरुले सहिद दिवसको शुभकामना दिएका छन् ।

देशभर माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

२०३६ साल पछि २०४६ साल यता विभिन्न आन्दोलन र पछिल्ला समय यता  सरकारले दर्जनौंको संङ्ख्यामा सहिदहरु घोषणा गरेको छ। यसलाई सकारात्मक र नकारात्मक हुबै तवरले हेरिएको छ। सहिदको रगतको बलिदानले अहिले नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा परिचित छ। सहिद दिवशको सबैमा शुभकामना । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button