प्रहार समाचार । लमजुङ, १५ माघ २०८१ मङ्गलवार । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ३, सेती पसलमा रहेको मंगला माध्यमिक विद्यालयको हीरक जयन्ती २०८१ चलिरहेको छ।

हीरक जयन्ती अन्तर्गत आज विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । जस अन्तर्गत आज बृहत् साहित्य सम्मेलन एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कायक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले लमजुङ र तनहुँको शैक्षिक संस्थाको धरोहरको रूपमा रहेको मंगला माध्यामिक विद्यालयले गरेको प्रगतिको प्रशंसा गरे ।

साहित्यिक कार्यक्रमा रेडियो नेपालका पूर्व निर्देशक एवं साहित्यकार रमेश पौडेल, साहित्यकार बम बहादुर थाप ‘जिताली’ , गजलकार प्रदिप रोदन, मुकुन्द पौडेल, रुपेन्द्र प्रभारी ‘कटु’, रमेशचन्द्र घिमिरे ,विद्यालयगानका रचनाकार विपिन ‘मर्म’ लगायतले आआफ्ना रचना बाचनसंगै अनुभव साँटेका थिए ।

यस्तै आज नै भएको विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ईशानेश्वर मा. वि. प्रथम, कुशुमाकर मा. वि. द्धितीय, भैरवकाली मा. वि. तृतिय र मंगला मा. वि., र वाल विकास मा. वि. विद्यार्थीहरु सान्त्वना भएका थिए । कार्यक्रमको सहजिकरण सहित्य समितिका संयोजक तिर्थराज तिवारीले गरेका थिए ।


विद्यालयको हीरक जयन्तीको मुख्य दिन भोली राष्ट्रपति रामचन्द्र पौडेलले हिरक जयन्तीको र हीरक स्मारकको उद्घाटन तथा विद्यालयद्वारा प्रकाशीत हीरक स्मारीकाको बिमोचन गर्ने लगायतको पूर्व निर्धारित कार्यक्रम तय भएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले बताए ।



























