हेडलाईनव्याससमाचारगण्डकी

व्यास ऋषिको तपोभूमि व्यासगुफामा ‘रुद्रयाग यज्ञ’ हुने 

प्रहार समाचार । तनहुँ, १५ माघ  २०८१ मङ्गलवार । चार वेद अठार पुराणका रचयीत भगवान वेदव्यासको  तपोभूमि तनहुँको व्यास नगरपालिका वडा नं ३, व्यासगुफा परिसरमा ‘रुद्रयाग यज्ञ’ सञ्चालन हुने भएको छ।

वैदिक पुरोहित समाज तनहुँद्वारा व्यास गुफामा आज आयोजित पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बेल्दै समाजकाअध्यक्ष तुलसीराम पौडेल उपाध्यायले जिल्लामा नै पहिलो पटक यहि माघ २७ गते  देखि २९ गतेसम्म उक्त यज्ञ हुने बताए । ‘व्यक्ति, समाज र राष्ट्रको कल्याणका लागि यज्ञ आयोजना गरिएको हो ।’- अध्यक्ष उपाध्ययले भने ।

पहिलो दिन पूर्वाङ्ग,दोस्रो दिन हवन र तेश्रो दिन अभिषेक टीका ग्रहण कार्य हुने गरि यज्ञको आयोजना गरिएको समाजका  सचिव श्रीभद्र न्यौपानेले जानकारी दिए ।’शास्त्रीय मर्यादामा रहेर गरिने रुद्रयागमा ४५ जना गुरुहरुको सहभागिता हुनेछ ।’ सचिव न्यौपानेले भने ।

व्यास भूमिलाई स्वदेश तथा विदेशमा समेत प्रचार प्रसारमा यज्ञ सहयक सिद्ध हुने विश्वास प्रचारप्रसार समितिका संयोजक गणेश घिमिरेले लिएका छन् ।
पत्रकार सम्मेलनमा वेद अनुयायी प्रतिष्ठान नेपालका अध्यक्ष आचार्य पं कृष्णकान्त काफ्लेले यज्ञ भनेको परमात्मा सङ्ग जोडीने भएकाले यज्ञको छुट्टै महत्व रहेको चर्चा गरे ।

कार्यक्रममा समाजका सल्लाहकार डा. लक्ष्मीकान्त चापागाई, नेपाल पत्रकार महासंघ तनहुँका सभापति डिपी अधिकारी, कोषाध्यक्ष पूर्ण विक , प्रहार अनलाईन मिडियाका सम्पादक शंकरराज नहर्की लगायतले यज्ञको सफलताको कामना गरेका थिए । यज्ञमा ४१ जना ब्राम्हणहरुले हवनात्मक र पाठात्मक यज्ञ गरिने बताइएको छ। यज्ञमा आठ हजार चार ५९ पटक आहुति दिइने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button