हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

तनहुँको सत्यवतीमा अध्यायनरत छात्रा घर्ती  छैठौं अन्तर्राष्ट्रिय एथलेटिक्स कप २०२५ मा तृतीय स्थान हासिल गर्न सफल

प्रहार समाचार । तनहुँ, माघ १५ २०८१ मङ्गलवार । तनहुँको व्यास नगरपालिका वडा नं- २ दपालीमा रहेको सत्यवती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा निशा घर्ती बंगलादेशमा जारी अण्डर १८, छैठौं अन्तर्राष्ट्रिय( वी के एस पी) एथलेटिक्स कप २०२५ च्याम्पियनसिपमा रिले र लङजम्पमा तृतीय हुन सफल भएकी छन्।

बंगलादेशमा जारी अण्डर १८, छैठौं अन्तर्राष्ट्रिय बिकेएसपी  एथलेटिक्स कप २०२५ च्याम्पियनसिपमा ४×४०० रिले र लङजम्पमा तृतीय स्थान हासिल गर्न सफल भएकी विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक पुष्पकला भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फल छात्रा  घर्तीलाई बधाई दिंदै सफलताको शुभकामना दिएकी छिन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button