हेडलाईनव्याससमाचारगण्डकी

पराशर मा वि व्यास ५ मा श्रेष्ठ परिवारद्धारा  अक्षयकोष स्थापना   

प्रहार समाचार । तनहुँ, १५ माघ २०८१ मङ्गलवार । तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा २ लाख पाँच सय ५५ को छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ।

व्यास ५ पाटन निवासी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायी सङ्घ तनहुँका पूर्व अध्यक्ष समेत रहेका कृष्ण नारायण श्रेष्ठ तथा ईश्वरनारायण श्रेष्ठ एवं बुहारीहरू अमृता आले र चन्द्रकला श्रेष्ठले यसअघि नै स्थापित छात्रवृत्ति अक्षयकोषमा १ लाख ५० हजार थपेर उक्त राशि पुऱ्याएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिए ।

श्रेष्ठ परिवारले विद्यालयको ३३ औँ वार्षिक तथा अविभावक दिवस समारोहमा उक्त रकम हस्तान्तरण गरेका थिए । त्यस अवसरमा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने , संस्थापक नगर प्रमुख ताराप्रसाद श्रेष्ठ , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिर थापा लगायतले संयुक्त रूपमा श्रेष्ठ परिवारलाई सम्मान गरिएको थियो । छात्रवृत्तिबाट प्राप्त ब्याजले विद्यालयका गरिब तथा जेहनदार विद्यार्थीहरू पहिचार गरेर बार्षिक रुपमा छात्रहति  वितरण गरिने विद्यालयले  जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button