आँबुखैरेनीव्यासहेडलाईनसमाचारबन्दीपुरदेवघाटगण्डकी

सम्झौता भएको ११ वर्षमा पनि बनेन घुमाउनेको पुल : स्थानियद्वारा प्रदर्शन

प्रहार समाचार । तनहुँ, १५ माघ २०८१ मङ्गलवार । तनहुँको बुद्धसिंह मार्गमा अन्तर्रगत पर्ने घुमाउनेको पुल सम्झौता भएको ११ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि नागरिक स्तरबाट  पुल निर्माण गर्न दवाव सृजना भएको छ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको  मोटरेबल पुल निर्माणमा ढिलाई भएपछि जिल्लाको व्यास १३ र १४, बन्दिपुर, आबुँखैरेनी र देवघाट गाउँपालिकाका बासिन्दाहरुले हिंजो उक्त पुल  छिटो निर्माण सम्पन्न गर्न  स दमौलीमा बृहत प्रर्दशन गरेका छन् ।

बुद्धसिंह मार्गमा पर्ने घुमाउनेको पुल लगायत अन्य पाँच वटा पुलको निर्माण कार्यलाई गति मागगर्दै सरोकारवाला बासिन्दाहरुले दमौलीमा प्रर्दशन गरेका हुन्। उनिहरुले बुद्धसिंह मार्गको विभिन्न स्थानमा बन्दै गरेको र बन्ने प्रक्रियामा रहेका पाँच मोटरेवल पुलको निर्माण कार्यलाई गति दिन माग गरेका थिए । छ

व्यास ३ को देउराली नगरबाट सयौंको संख्यामा ऱ्याली निकालेका उनीहरुले जिल्ला प्रशासन कार्यालय, पुर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालय अगाडी प्रर्दशन गरेका थिए । स्थानीय बासिन्दाहरुले घुमाउनेको पुल कहिले बन्छ ? भन्दै प्रमुख जिल्ला अधिकारी सहित पुर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयका प्रमुखलाई प्रश्नगर्दै नारावाजी समेत गरेका थिए ।


दमौलीको अनसन चौतारीमा आयोजित कोण सभामा बोल्दै स्थानीय स्तरबाट गठित संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले राज्यको उदासिनता र ठेकेदारको लापरवाहीको कारण घुमाउनेमा निर्माणाधिन पुल ११ वर्षदेखी अलपत्र रहेको बताए । उनले घुमाउने पुल सहित सुँढेखोला पुल, ढाँडखोला पुल, खानी खोला पुल, बगर खोला पुल र भुतखोला पुलको निर्माणमा भएको ढिलासुस्ती अब अन्त्य नभए यो भन्दा ठुलो प्रर्दशन गर्ने चेतावनी दिए ।

बुद्धसिंह मार्ग उपभोक्ता समितिका पुर्व अध्यक्ष विश्व बास्तोलाले घुमाउनेको पुल निर्माणमा भएको ढिलाईले राज्यको अवस्था चित्रण गरेको बताउँदै  स्थानीय बासिन्दाहरुको विकासको अधिकारलाई कुण्ठित गर्न कसैले पनि नपाउने बताए ।

उक्त पुल मृत सञ्जीवनी निर्माण कम्पनी हेटौंडाले पहिलो पटक २०७० असारमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म पुल निर्माण सम्पन्न भएको छैन । पुलको ३० प्रतिशत मात्र काम भएको छ ।

त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिले सम्म त्रिशुलीको वारिपारीका फाउन्डेसन मात्र बनेका छन् ।

पुलको चितवनको तर्फको पिल्लर र सडकका कारणले नारायणगढ मुग्लिन सडकखण्ड भासिन सक्ने भन्दै सडक आयोजनाले डिजाइनसहितको सुरक्षा प्रत्याभूतिको ग्यारेन्टी माग गर्दा काममा ढिलाइ भएको ठेकेदार कम्पनीको दावी छ । पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ९ करोड ५६ लाख रुपैयाँ छ । दोहोरो लेनको पुलमा ७।५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ ।
यस अघि सडक डिभिजन दमौलीले उक्त पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेपनि उक्त प्रक्रिया त्यसै तुहिएको थियो । कार्यालयले २०८० पुस ९ गते सुचना प्रकाशन गरि ठेक्का तोड्ने बारेमा चेतावनी दिएपनि पछि उक्त प्रक्रिया त्यसै तुहिएको थियो ।

नारायणगढ बाट दमौली आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा यस सडक खण्डबाट यात्रा गर्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button