प्रहार समाचार । काठमाडौं, १५ माघ २०८१ मङ्गलवार। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। अहिले बिहानै देखि तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सु/कुहिरो रहेको छ। जस्काकारण जनजिवन प्रभाषित हुन पुगेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


























