हेडलाईनसमाचारगण्डकी

नेपाल विधार्थी संघ लमजुङद्वारा  विद्यालयमा इकाई समिति गठन

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ,१४ माघ २०८१ सोमवार ।  नेपाल विद्यार्थी संघ लमजुङले बेसीशहर नगरपालिका वडा नम्बर-७, स्थित जन विकास माध्यामिक विद्यालयमा आज नेपाल विधार्थी संघको कक्षा इकाई समिति गठन गरिएको छ ।

नेपाल विधार्थी संघ लमजुङ जिल्ला कार्य समितिका अध्यक्ष दिलिप राना मगर, पदाधिकारी  एवं सदस्यहरुको उपस्थितिमा कक्षा इकाई समिति गठन गरिएको हो ।  

जन विकास माध्यामिक विद्यलयको  कक्षा ११ शिक्षा संकायमा रबिना खातुनको अध्यक्षतामा १९ सदस्यीय कक्षा इकाई समिति गठन गरिएको छ ।त्यस्तै कक्षा १२ व्यवस्थापन संकायमा स्वास्तिका  गुरुङको अध्यक्षतामा १६ सदस्यीय कक्षा इकाई  समिति र कक्षा १२ शिक्षा संकायमा  अमनजंङ परियार (प्रकाश) को अध्यक्षतामा २९ जनाको कक्षा ईकाई समिति गठन गरिएको जिल्ला अध्यक्ष राना मगरले जानकारी दिए।


नव गठित सम्पुर्ण समितिको पदाधिकारी एवं सदस्य साथीलाई अध्यक्ष राना मगरले टीका लगाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button