हेडलाईनसमाचारप्रदेश

अमेरिकाद्वारा  नेपालका चार परियोजना स्थगित : विश्वभर नै तरङ्ग उत्पन्न

प्रहार समाचार । काठमाडौँ , १४ माघ २०८१ सोमवार । अमेरिकाले नेपालका चार परियोजना स्थगित गरेको छ । नेपाल सरकार र अमेरिकी सहयोग नियोग (यूएसएआईडी)बीच २०७९  वैशाख २२ गते हस्ताक्षर भएका विकास उद्देश्य सम्झौता अन्तर्गत प्राप्त अनुदान सहयोगमा आधारित चार आयोजना ९० दिनका लागि स्थगित गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय वित्तीय सहयोग रोक्ने कार्यकारी आदेश दिएसँगै नेपालमा पनि अमेरिकी अनुदानमा सञ्चालित आयोजनाहरू बन्द भएका हुन् ।

यही जनवरी २० मा शपथ ग्रहण गरेपछि ट्रम्पले दर्जनौं कार्यकारी आदेश जारी गर्दै अन्य देशलाई दिएको वित्तीय सहयोग रोक्ने निर्णय गरेका थिए ।
यूएसएआईडी नेपालले एक पत्रमार्फत अर्थ मन्त्रालयलाई ती चार आयोजना ९० दिनका लागि स्थगित भएको जनाएको सहसचिव एवं अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जनाएका छन्। बताए ।

 भट्टराईका अनुसार बन्द हुने आयोजनामा यूएसएआईडी स्वास्थ्य प्रत्यक्ष वित्तीय परियोजना, यूएसएआईडी कृषि प्रत्यक्ष वित्तीय परियोजना, यूएसएआईडी शिक्षा प्रत्यक्ष वित्तीय परियोजना र यूएसएआईडी समावेशी नीति प्रत्यक्ष वित्तीय परियोजना रहेका छन् । 

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर नै तरङ्ग उत्पन्न भएको छ । अब तीन महिनाको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुङ्गो लगाउने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button