हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगरपालिकामा मगर भाषाको पाठ्यक्रम विकास गरिंदै : मगर भाषाका शिक्षक तयार पार्न तालिम सुरु

• चन्द्रावती कमली (नहर्की) /प्रहार समाचार । तनहुँ, १४ माघ २०८१ सोमवार । तनहुँको व्यास नगरपालिकामा मगर भाषाको पाठ्यक्रम तयार पारिएको छ । मगर समुदायको बाहुल्यता रहेका विद्यालयहरुमा मगर भाषाको पाठ्यक्रम अनुसार पढाई सञ्चालनको लागि पाठ्यक्रम निर्माण गरि पहिलो चरणमा मगर शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

जस्का लागि व्यास नगरपालिकाकाले २ लाख बजेट छुट्याएको छ। त्यसैबाट मगर भाषा पढाउनकालागि शिक्षकलाई पाँच दिने तालिम दिन थालिएको छ । नेपाल मगर संघ व्यास नगर समितिको आयोजनामा  मगर भाषाको पाठ्यक्रम अनुसारको कक्षा सञ्चालन गर्नेगरि तालिम सुरु भएको हो ।



तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले पालिकाले भाषा, साहित्य र कला संरक्षणको लागि ध्यान दिएको बताए । पालिका भित्रको भाषा, सस्कृति र साहित्यको संरक्षण गर्ने उद्धेश्यले व्यास नगर प्रज्ञा प्रतिष्ठान गठन गरिएको बताए । उनले मगर भाषाको संरक्षण गर्न र सिकाइमा प्रभावकारीता ल्याउन  तालिक सहायक हुने बताए ।

गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा मगर र गुरुङ भाषालाई प्रयोगमा ल्याउन लागेकोले यस्ता तालिमले मद्धत पुग्ने विश्वास पनि नगर प्रमुख न्यौपानेले लिए ।


मगर भाषालाई पुस्तान्तरणको लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले शिक्षकलाई तालिम प्रदान गरिएको नेपाल मगर सङ्घ व्यास नगर समितिको अध्यक्ष रिमा आले मगर को भनाई छ ।

समितिका अनुसार मगर भाषाका विज्ञ मबहादुर आले, इन्द्रबहादुर आले, अमर थापा, नन्दु थापा, यमलाल थापा, तिलबहादुर थापा, अनुराग थापा मगरले  भाषाको पाठ्क्रमको बारेमा प्रशिक्षण प्रदान गरिरहेका छन्।
तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षकहरु सहभागी गराइएको छ। 

नेपाल मगर सङ्घ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सिद्धान्त थापा मगरले भाषा संरक्षणको लागि व्यास नगरपालिकाले चालेको कदम प्रशंसनीय भएको बताए । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाउन लागेकोले यस्ता तालिमले भाषा संरक्षण गर्ने अभिभानलाई टेवा पुग्ने विश्वास उनको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button