हेडलाईनव्याससमाचारगण्डकी

प्राज्ञिक विद्यार्थी परिषद् अभ्यास वर्ग  दमौलीमा

प्रहार समाचार ।  तनहुँ, १३ माघ २०८१ आइतवार ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेशको आयोजनामा दमौलीमा  तीन दिने अभ्यास वर्ग हुने भएको छ ।

यहि माघ १७, १८ र १९ गते उक्त तीन दिने कार्यक्रम दमौलीमा सम्पन्न हुने प्रदेश सहसचिब अभिषेक बिष्टले जानकारी दिए । अभ्यास वर्गमा  गण्डकी प्रदेशका विद्यार्थी र शिक्षकहरुको प्रतिनिधित्व हुनेगरि कार्यक्रम सञ्चालन हुने प्राज्ञिक विद्यार्थी परिषद् नेपाल   गण्डकी प्रदेशका संगठन सचिव  नारायण तिमिल्सिनाले जानकारी दिए।

उक्त अभ्यास वर्गमा १ सय विद्यार्थीहरुको सहभागिता रहने छ । अभ्यास वर्ग तयारी अन्तर्गत  दमौलीका विभिन्न शैक्षिक संस्थाको गण्डकी प्रदेशका संगठन सचिव नारायण तिमिल्सिना, प्रदेश सह सचिव अभिषेक बिष्ट, सह छात्रा प्रमुख करिना श्रेष्ठ सहितको टोलीले हालै दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस र बालमन्दिर मा वि लगायतका शैक्षिक संस्थाहरुको अनुगमन गरिएको व्यास नगर एकाई समितिका सचिव आकाश बि.कले जनाए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button