हेडलाईनव्याससमाचारगण्डकी

जेसिआइ व्यास नगरको ३१औँ पदस्थापना : २०२५को अध्यक्षमा ढुंगाना 

प्रहार समाचार । तनहुँ १३ माघ २०८१ आइतवार । जेसिआइ व्यास नगरको ३१औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । जेसिआइ व्यास नगरको २०२५ को अध्यक्षमा सुमित ढुंगाना निर्वाचित भएका छन्।

२०२४का अध्यक्ष नबिन पुरीले नव निर्वाचित अध्यक्ष ढुंगानालाई हिंजो पद हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विधिको शासन स्थापना र युवाहरुमा जागरण ल्याउन जेसिजले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले समाजमा सकारात्मक प्रभाव पार्ने काम जेसिजले गर्नु पर्ने बताए । कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष अभिषेक दुलाल, नेपाली कांग्रेसका उपसभापति एवम् संस्थाका पूर्व अध्यक्ष देबकुमार श्रेष्ठ, एमाले नेता श्रीराम कार्की, पूर्व अध्यक्ष एवं क्षेत्र ख सम्मेलन निर्देशक सुरेश पुरी, पोखरा जेसिजका अध्यक्ष भाइराजा रानामगर, शुक्लागण्डकी जेसिजका अध्यक्ष प्रकाश बिक , लगायतले जेसिजको सिद्धान्त र विधिविधान अनुरूप काम गर्नु पर्नेमा जोड दिए ।

त्यस अवसरमा जेसिज बर्ष २०२४ सफल बनाउन उत्कृष्ट कार्यसम्पादन गर्ने बोर्डका पदाधिकारीलाई विभिन्न अवार्डबाट सम्मानित गरिएको थियो ।

साथै कार्यक्रममा बर्ष २०२३का अध्यक्ष राजु राना, जेसिज आस्था पाठ शाखा सम्पादक बिनोदकुमार गोशेली, बर्ष ०२४का महासचिव सनम अधिकारी, बर्ष २०२५का महासचिव रबि भुजेलले लगायतले जेसिजले विधिको सासन भएकाले सेवा भावले काम गर्नु पर्नेमा जोड दिएका थिए ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button