विचारसबै प्रदेश

सम्पादकीय : भारतको ७६औं गणतन्त्र दिवस र प्रमुख अतिथिको प्रश्न

आज नेपालको छिमेकी मित्रराष्ट्र भारतले ७६औं गणतन्त्र दिवस भव्य रूपमा मनाइरहेको छ। १९५० जनवरी २६ मा भारतीय संविधान कार्यान्वयनमा आएपछि यो दिवसलाई गणतन्त्र दिवसको रूपमा मनाउन थालिएको हो। 

भारतको ७६औं गणतन्त्र दिवस समारोहमा इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्टो  प्रमुख अतिथि रहेका छन् । सन् १९५० मा पहिलो पटक गणतन्त्र दिवस मनाइएको समयमा पनि इन्डोनेसियाका राष्ट्रपतिलाई नै प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको थियो। 

पहिलो गणतन्त्र दिवसदेखि नै प्रमुख अतिथिलाई आमन्त्रित गर्ने परम्परा शुरू भएको हो। यी ७५ वर्षको अवधिमा भारतले विश्वभरका विभिन्न देशका नेताहरूलाई प्रमुख अतिथिको सम्माले एउटा प्रश्न चिन्ह खडा गरेको छ । त्यो हो ‘नेपालका सरकार प्रमुख लाई भारतले किन प्रमुख अतिथि बनाउँदैन ?’
भन्दा रोटी र बेटीको सम्बन्ध भन्ने व्यवहार कहिल्यै नदेखाउने । नेपालको सिमा अतिक्रमण देखि सिमाना मिच्दै आएको आरोप भारत माथि छ। भारतको नाकाबन्दि नेपालीले भुलेका छैनन्। लिपुलेक र लिम्पिया धुराको विवाद अहिले सम्म पनि  किनारा लाग्न सकेको छैन् । विभिन्न प्रलोभन र लोभमा परेर गरिएका महाकालि सन्धि लगायतक असमान सन्धि र सम्झौता चाङहरू ज्यूँका त्यूँ छन् । के एउटा भित्र राष्ट्रले अर्को छिमेकी मित्र राष्ट्रलाई सधैं यस्तै खाले हेपाह र बल मिचाइ गर्न मिल्छ / पाइन्छ ?

सम्बन्धको राजमार्ग एकोहोरी रूपमा कहिल्यै पनि बिस्तार हुन सक्दैन। ‘ ठूला माछाले सानो मछालाई खान्छ ‘ भन्ने उखान यसै भनिएको कहाँ हो र ? तर नेपाल सानो छ भन्दैमा, कम शक्तिशालि छ भन्दैमा, सरकार निरिह छ भन्दैमा राष्ट्र, राष्ट्रियता र स्वतन्त्रता माथि कहिं कसैले पनि धावा बोल्न पाईदैन । असमान सन्धिहरु आपसि समझदारीका आधारमा पुनरावलोकन गर्दै एक देशले अर्को देशको अस्तित्व स्विकानु पर्दछ । विकासले जति सुकै  चरम चुली चुम्दैमा देश विकसित हुँदैन । संस्कार र समताभाव तथा मानविय धर्म पनि निर्वाह गर्नु सबै भन्दा ठूलो विकास हो । झिना मसिना समस्या लाई बल्झाएर सानो राष्ट्र नेपाल प्रति समभाव प्रदर्शन गरेर ठूलो देश भारतले उदाहरणीय काम गरोस् । भारतलाई गणतन्त्र दिवसको शुभकामना ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button