व्यासहेडलाईनसमाचारगण्डकी

नेपाल महिला संघ तनहुँकी संस्थापक सभापति आचार्यको निधन

प्रहार समाचार । तनहुँ, माघ १३, आइतवार ।नेपाल महिका संघ तनहुँकी संस्थापक सभापति शशि आचार्यको निधन भएको छ। आचार्यको गए राती ८.४५ बजे ८२ बर्षको उमेरमा व्यास ३, आफ्नै निवास दमौलीमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

नेपाली राजनीतिक आन्दोलन र बिशेष गरि महिला आन्दोलनमा आचार्यको  उल्लेखनीय योगदान रहेको थियो ।  नेपाल महिला संघ तनहुँकी संस्थापक सभापति भएर महिला हक हितमा आवाज बुलन्ध पार्दै एवं नेपाली कांग्रेसको विभिन्न आन्दोलनमा आचार्यको उल्लेखनिय सहभागिता रहेको थियो ।

आचार्यको आज मादी र सेतीको संगम स्थल दमौली  घाटमा अन्त्यष्टि गरिएको छ। आचार्यका नारायणी, सरीता र इन्दिरा गरि तीन छोरीहरु रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button