प्रहार समाचार । तनहुँ,१३ माघ २०८१ आइतवार । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा क्यासमिरी साप्ताहित्रका सम्पादक एवं नेपाल पत्रकार महासंघ तनहुँका कोषाध्यक्ष पूर्ण बिक निर्वाचित भएका छन्।

शनिवार बन्दीपुरमा सम्पन्न संघको प्रथम अधिवेशनबाट अध्यक्षमा बिक सर्वसम्मत चयन भएका हुन्। अधिवेशनले बिकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।
हिंजो बन्दीपुरमा सम्पन्न संघको प्रथम अधिवेशनबाट अध्यक्षमा बिक सर्वसम्मत चयन भएका हुन्। अधिवेशनले बिकको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।
कार्यसमितिमा उपाध्यक्षमा सन्तोष परियार (कास्की), महिला उपाध्यक्ष लक्ष्मी सुनार (गोरखा), सचिव रामशरण नेपाली (कास्की), कोषाध्यक्ष टोप बहादुर बिक (कास्की), र सहसचिवमा अर्जुन हिताङ्ग (पर्वत) चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा लक्ष्मण बिक (पर्वत), पूर्णिमा परियार (स्याङ्जा), श्याम शितल परियार (लमजुङ), अमृत बिक (गोरखा), किरण गोतामे (नवलपुर), विमला परियार (म्याग्दी), आदित्य रसाइली (मुस्ताङ), र सरस्वती ल्वागुन (मुस्ताङ) रहेका छन्।
कार्यक्रमा बोल्दै गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले स्वतन्त्र , निष्पक्ष र जिम्मेवार पत्रकतीता अहिलेको आवश्यकता रहेको चर्चा गर्दै पार्टी भन्दा माथि रहेर राष्ट्रका लागि पत्रकारहरुले पत्रकारीता गर्नु पर्ने बताए ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले स्थानिय सरकार पत्रकारहरुसङ्ग हातेमालो गर्दै अगाडी बढ्न चाहेको बताए । ‘कमिकमजोरी भए पत्रकारहरुले औला उठाइदिनु पर्छ ।’- अध्यक्ष थापाले भने ।
महासंघ गण्डकी प्रदेशका रमेश पौडेल ,पत्रकार महासंघ तनहुँका डिपी अधिकारी लगायत दलित पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा पदाधिकारीहरू, प्रदेश सदस्य प्रतिनिधिहरूको उपस्थिति रहेको अधिवेशनले गण्डकी प्रदेशमा दलित पत्रकारहरूको हकहित र पेशागत विकासमा नयाँ ऊर्जा प्रदान गर्ने विश्वास लिए ।

नव निर्वाचित अध्यक्ष पूर्ण बिकले आफूले समग्र पत्रकारिताको विकासमा भेदभाव रहित ढङ्गले अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।


























