हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकाखेलकुद

डोरी तान संघ तनहुँको अध्यक्षमा बराल

• अन्जनराज न्यौपाने  । तनहुँ,१२ माघ २०८१ शनिवार । जिल्ला डोरी तान संघ तनहुँको अध्यक्षमा श्रीकृष्ण बराल निर्वाचित भएका छन्। आज दमौलीमा सम्पन्न प्रथम अधिवेशनबाट  उपाध्यक्षमा नरबहादुर थापा, सचिवमा जगलाल थापा, कोषाध्यक्ष महेष श्रेष्ठ, उपसचिवमा  ईन्दिरा खण्डका निर्वाचित भएकी छिन् ।

यसैगरी संघको सदस्यहरुमा क्रमश सन्तोष कडेल, अशिष श्रेष्ठ, पर्शुराम ढुङ्गाना, ममता राना र अर्जुन पौडेल  निर्वाचित भए । समितिको सल्लाहकारमा क्रमश अमित कैनी, ईमान थापा भिम घले, संतोष श्रेष्ठ राजु खण्डीरहेका छन्।

त्यस अबसरमा बोल्दै  डोरी तान  संघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु पुनले  व्यक्तिको शारीरिक, मानसिक, नैतिक स्वस्थ्यकालागि र राष्ट्रकालागि कुनै पनि खेल अनिवार्य भएको बताए । खेलकुदले शारीरिक ,नैतिक चारित्रिक र बौद्धिक पक्षमा प्रत्यक्ष प्रभाव पार्ने भएको चर्चा गर्दै पुनले  दैनिक व्यायम मानिसकालागि अनिवार्य उल्लेख गरे । क

डोरी तान संघका  स्याङ्जा जिल्ला अध्यक्ष  निजामुदिन मिया लगाएतका वक्ताहरुले तनहुँका क्रियाशील खेलाडीहरुको सक्रियतामा यस खेलले जिल्ला प्रदेश तथा राष्ट्रिय खेलाडी उत्पादन गर्ने विश्वास गरे। कार्यक्रम जिल्ला डोरितान सघका नि वर्तमान अध्यक्ष अमित कैनीको सभापतित्वमा सम्पन्न भएको थियोे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button