हेडलाईनसमाचारगण्डकी

मंगला मा वि लमजुङको हीरक जयन्ती २०८१ : विभिन्न प्रतियोगिताहरु सम्पन्न

प्रहार समाचार । लमजुङ, १२ माघ २०८१ शनिवार । लमजुङको मध्यनेपाल नगरपालिका  वडा नं ३, सोती पसलमा रहेको मंगला माध्यमिक विद्यालयको हीरक जयन्ती २०८१ चलिरहेको छ। हीरक जयन्ती अन्तर्गत आज विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

जस अन्तर्गत आज अन्तर विद्यालय स्तरीय मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगिता सम्पन्न भएको छ। सूर्यज्योति मा वि जीता र कुशुमाकर मा वि करापुटार वीच भएको फाइनल खेलमा सूर्यज्योति मा वि ले जित हाँसिल गरेको छ। जित संङ्गै सूर्यज्योति मा वि ले १५ हजार नगद सहित मेडल र  प्रमाणपत्र हात पार्न सफल भयो ।  प्रतियोगितामा उप बिजेता बन्न सफल कुशुमाकर मा वि ले  ८ हजार नगद सहित मेडल र प्रमाणपत्र हात पाऱ्यो ।

कार्यक्रममा बोल्दै मध्यनेपाल नगरपालिकाका मेयर  रमेश कुमार पाण्डेले आधुनिक, बैज्ञानिक र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेको चर्चा गर्दै विद्यालयले सिपमूलक शिक्षामा जोड दिनु पर्ने बताए ।

पूर्व विद्यार्थी समाज काठमाडौं क्लष्टरका अध्यक्ष श्रीकृष्ण पौडेल,मध्यनेपाल नपाका प्रवक्ता एवम् वडा नं. १० का  वडाका अध्यक्ष  रामचन्द्र भण्डारी, प्र अ  विष्णुहरि वास्तोला, सचिवालय सदस्य एवम् शिक्षक तीर्थराज तिवारी लगायतले विद्यालयको प्रगतिको कामना गरेका थिए ।

हीरक जयन्तीको क्रममा  छात्रवृत्ति वितरण गर्नुका साथै ११ हजार भन्दा माथि २० हजार ९ सय ९९ सम्म चन्दा प्रदान गर्ने चन्दादाताहरु लाई  प्रमाण पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

आजको विशेष : ईशानेश्वर वालुन समूहको प्रस्तुति :

यसै बिच आज ब्राम्हण समाजको लोपुन्मुख वालन नाच ईशनेश्वर वालन समूहले प्रस्तुत गरेका थिए ।

बास्तोला र न्यौपाने सम्मानित :

यसै बिच विद्यालयको हीरक जयन्तीकै अबसरमा विद्यालयलको चौतर्फी विकासमा पुऱ्याएको योगदानको कदर गर्दै अभिभावक एवं पूर्व शिक्षक अविभावक संघका  अध्यक्ष बलराम पौडेलद्वारा प्र अ विष्णुहरि वास्तोला र पूर्व शिक्षक अर्जुन कुमार न्यौपानेलाई सम्मान पत्र सहित दोशल्ला ओढाई सम्मान गरिएको छ ।

सरास्वती मन्दिरको चाबी हस्तान्तरण :

यसै बिच स्थानिय  बस्नेत परिवारद्वारा  करीव ५ लाख २५ हजार लागतमा निर्मित  सरस्वती मन्दिरको चावी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौला, विद्यालयका प्र अ विष्णुहरि बास्तोलालाई बस्नेत परिवारले एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरेका छन्। 

अन्तर मा वि स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न :

यसै बिच हीरक जयन्तीकै अवसरमा आयोजित अन्तर मावि स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा फ्यूचरस्टार आवासीय मा वि  सिउँडीबार प्रथम हुन सफल भएको छ। प्रथम भए संङ्गै उक्त विद्यालयले ७ हजार ५ पाँच सय नगद सहित प्रमाणपत्र हात पनि सफल भएको छ ।


प्रतियोगितामा आयोजक विद्यालय  मंगला मा वि द्वितिय भई ६ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ। त्यस्तै कुशुमाकर मा वि करापुटार तृतिय भई पाँच हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । यस्तै  वालविकास मा वि टक्सार र ईशानेश्वर मा वि भोर्लेटार सान्त्वना भए सङ्गै २ हजार पाँच सय नगद सहित प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

त्यस अबसरमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजाल र  लोक दोहोरी गायिका ज्योति लोहनी र बन्दना पाण्डेले आआफ्नो संङ्गीतिक प्रस्तुती प्रस्तुत गरेका थिए भने मंगला मा वि का विद्यार्थी भाईबहिनीहरुले पनि आआफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हीरक जयन्ती मूल समारोह समितिका संयोजक लक्ष्मण बसौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको  सहजीकरण  शिक्षकद्धय मनु गिरी, गीता वि क र सचिवालय सदस्य कमल गुरुङले संयुक्त रूपमा गरेकाे शिक्षक उदय चन्द्र कंडेलले जानकारी दिए । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button