हेडलाईनसमाचारगण्डकी

मंगला मा.वि. लमजुङको हिरक जयन्ती सुरु : अविभावक  संघका पूर्व अध्यक्ष लगायत चन्दादाताहरु सम्मानित

प्रहार समाचार । लमजुङ, १२ पुस २०८१ शनिवार । लमजुङको  मध्यनेपाल नगरपालिका–३, सोती पसलमा रहेको मंगला माध्यामिक विद्यालयले हीरक जयन्ती सुरु भएको छ।

यसै सन्दर्भमा  नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले झाँकी ऱ्याली  समारोह तथा सम्मान कार्यक्रमको हिंजो उद्घाटन गरे ।
त्यस अबसरमा बोल्दै मन्त्री गुरुङले विश्व विद्यालय , क्याम्पस तथा विद्यालयको संङ्ख्या बढेपनि गुणस्तरीय शिक्षाको अभावमा लाखौं विद्यार्थी विदेशिएको बताउँदै गुणस्तीय शिक्षामा जोड दिनु पर्ने बताए । ‘ देशमा राजनैतिक अस्थिरताका कारण यस्तो स्थितिको सृजना भएकोले वर्तमान सरकारले देशमा राजनैतिक स्थिरता दिन्छ ।’-  मन्त्री गुरुङले भने।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष केशव न्यौपानेले मङ्गला माध्यामिक विद्यालय लमजुङकै उत्कृष्ट एवं नमूना विद्यालय रहेकाले यसको शैक्षिक तथा भौतिक अवस्था सुधार्न संघिय सरकारको ध्यान आकृष्ट गराए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौलाको सभापतित्वमा भएको कार्यक्रममा बसौलाले विद्यालयको लागि योगदान दिने अग्रजको बारेमा भावी पुस्तालाई जानकारी दिन तथा इतिहासको कदर गर्नको लागि हीरक जयन्ती कोशेढुङ्गा सावित हुने बताए ।  

विद्यालयका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले विद्यालयको हीरक जयन्ती प्रतिवेदन पेशगर्दै विद्यालयको इतिहासलाई जिवन्त राख्न कार्यक्रमले सहयोग पुऱ्याएको बताए ।

त्यस अवसरमा शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष तथा हीरक जयन्तीका लागि १० हजार ९ सय ९९ रुपैयाँ सम्म चन्दा दिने  चन्दादाताहरूलाई मन्त्री गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसौला , वडा अध्यक्ष न्यौपाने र विद्यालयका प्र अ बास्तोलाले संयुक्त रूपमा सम्मान गरेका थिए ।

विज्ञापन संकलन उप समितिका संयोजक एवं सचिवालय सदस्य शिक्षक दुबराज सोती र सचिवालय सदस्य एवं शिक्षक उदयचन्द्र कंडेलले कार्यक्रमको  संयुक्त रूपमा सहजिकरण गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरु स्मारिका गिरी र सृष्टि चन्दले सम्पूर्ण विद्यार्थीहरुको तर्फबाट मन्तव्य राखेका थिए ।

लमजुङकै उत्कृष्ट तथा नमूना विद्यालय अन्तर्गत पर्ने विद्यालयका विद्यार्थीहरुले आफैले निर्माण गरेका विज्ञानका सामाग्रीहरु, स्वास्थ्य तथा चित्रकलाका सामाग्रीहरु प्रदर्शनी गरेका ग थियो । प्रदर्शनीको सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले रुचि पूर्वक अवलोकन गरेका थिए ।

यस अघि आमा समूह, विभिन्न संघ/ संस्था, ब्राम्हाण समाज, क्षेत्री समाज, नेवा खल, ॐ शान्ति, विद्यार्थी, अविभावक, शिक्षाप्रेमी, समाजसेवी सहभागी बाजा गाजा सहित ऱ्यालीको टोलीले सोती पसल बजार परिक्रमागरि विद्यालयको प्राङ्गढमा प्रवेश गर्दा स्वागत गरिएको थियो ।


कार्यक्रममा कलाकारहरु तीर्थराज वर्देवा र विवेक धिताल लगायत विद्यालयका विद्यार्थीहरुले  साङ्गीतिक प्रस्तुती दिएका थिए । हीरक जयन्तीको अवसरमा विद्यालयको प्रवेशद्धार, सरास्वतीको मन्दीर  र हिरक स्तम्भलाई चिटिक्क पारिएको छ भने विद्यालयलाई बेहुली झै सिंगारिएको छ।

प्रत्येक दिन नयाँ नयाँ प्रमुख अतिथीको व्यवस्था गरिएको छ । कार्यक्रममा लोक गायक /गायिकाहरुको प्रस्तुति, साहित्यीक कार्यक्रम, विज्ञान प्रर्दशनी, अन्तर विद्यालय नृत्य प्रतियोगिता  लगायतका कार्यक्रम चलिरहने बताइएको छ।

अर्थ समितिका संयोजक शम्सेर बहादुर थापाले हीरक जयन्ती मनाउन  हालसम्म रु ७०  लाख भन्दा बढि रकम उठेको र उठेको रकमको पारदर्शी ढङ्गले खर्च गरिने तथा बचेको रकम विद्यालयको शैक्षिक गुणस्तरमा खर्चिने बताए ।

हीरक जयन्ती मुख्य उद्घाटन कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले १६ गते शहिद दिवसको अवसरमा गर्ने विद्यालयले जनाएको छ। विद्यालय २०१९ सालमा स्थानीय बुद्धिजिवीहरुको सक्रियतामा स्थापना भएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button