प्रहार समाचार । काठमाडौँ,१२ माघ २०८१ शनिवार । अहिले देशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ । यसैको कारणले मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराईमा मन्द शीतलहर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका धेरै स्थानमा अहिले बिहानै देखि बाक्लो हुस्सु तथा कुहिरो लागेको छ। यो क्रम भोली पनि रहने छ।
आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


























