प्रहार समाचार। तनहुँ, १२ माघ २०८१ शनिवार । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिश चन्द्र पोख्रेलका परिवारले व्यास नगरपालिकाद्धारा संचालित समता विद्यालयललाई आर्थिक सहयोग गरेका छन्। आर्थिक सहयोग हस्तान्तरण गर्दै पोख्रेल परिवार :

विद्यालयमा पुगेर पोखरेल सहित उनका परिवारले स्वर्गीय आमा दौपद्रा पोखरेलको वार्षिक पुण्यतिथिमा २५ हजारको चेक हस्तान्तरण गरेका हुन्। आफ्नो धारणा राख्दै पोख्रेल :

‘यो त सुरुवात मात्रै हो असहाय, अविभावक विहिन बलबालिकाहरुको दिगो श्रोत व्यवस्थापनका लागि अक्षय कोष खडा गर्ने सोचमा छौं, आमाको सोच र इच्छा पनि त्यहि थियो ।’ – पोख्रेलले भने । उनले जात र धर्मको आधारमा कसैलाई भेदभाव गर्न नुहने र एकको दुःखमा अर्कोले साथ दिनुपर्नेमा जोड दिए ।

पोखरेल परिवारले आज विद्यालयमा नै पुगेर व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेको उपस्थितीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतिशचन्द्र न्यौपाने, प्रधानाध्यापक अर्जुन सुनारलाई संयुक्त रूपमा उक्त सहयोग हस्तान्तर गरेका हुन्। समता विद्यालयका विद्यार्थीहरुसंग नगर प्रमुख न्यौपाने :

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतिशचन्द्र न्यौपानेले कलिला बालबालिका भविश्यका कर्णधार भएकाले सम्पन्न पोखरेल परिवारले अविभावक विहिन बालबालिकाको भविश्यलाई हेरेर दिगो श्रोतको व्यवस्थापन गर्नेमा आफू आशावादी रहेको बताए ।

व्यास नगरपालिकाद्वारा संचालित उक्त विद्यालयमा अहिले अविभावक विहिन, असहाय ५५ जना बालबालिकाहरु अध्यायनरत रहेको विद्यालयले जनाएको छ।

उनिहरुको खाना, खाजा, बस्न, पोषाक, कापी /कलम शिक्षक कर्मचारीहरु लगायतको सम्पूर्ण खर्च व्यास नगरपालिकाले व्यहोदै आएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । ‘ यो खर्चिलो त छ, तै पनि समता समाज निर्माण गर्ने महत्वपूर्ण कदम पनि हो।’- नगर प्रमुख न्यौपानेले भने ।



























