• विवेक श्रेष्ठ । प्रहार समाचार । तनहुँ, ९ माघ २०८१ बुधवार । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा खुल्ला कौराह प्रतियोगिता हुने भएको छ ।

ऋषिङबाट उत्पत्ति भएको कौराहा संस्कृति परम्परालाई संरक्षण गर्ने उद्देश्यले पालिकाको आयोजनामा उक्त प्रतियोगिता हुने भएको पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताए ।

प्रतियोगिता यहि माघ २० गते हुने छ । प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ७० हजार, ४५ हजार, २५ हजार र १० हजार रुपैयाँ कर बाहेक नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने पालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल अमगाइँले जानकारी दिए ।


























