प्रहार समाचार । तनहुँ, ९ माघ २०८१ बुधवार । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ डुम्रे बजारस्थित एक घरमा आज आगलागी भएको छ।

बिहान ११ बजेको समयमा स्थानिय केशव अधिकारीको पक्की घरको पाँचौं तलामा अचानक आगलागी भएको थियो । घरमा आगोलागेको खबर थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय आँबु खैरेनी, इलाका प्रहरी कार्यालय भानु र प्रहरी चौकी डुम्रे तनहुँबाट प्रहरी निरीक्षकसहित ३६ जना प्रहरी कर्मचारी र स्थानीय मानिसहरूको सहयोगमा दिउँसो १२:२० बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
आगलागीबाट ५० मुरी धान, पुराना काठपात, झ्याल ढोका, टिनको छानो जलेर नष्ट भएको प्रहीले जनाएको छ। आगलागीको घटनाले डुम्रे बजार तनाब ग्रस्त बनेको थियो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


























