हेडलाईनसमाचारगण्डकी

मर्स्याङ्दी कोरिडोर भित्रका पालिकाहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ,६ माघ २०८१ आइतवार । मर्स्याङ्दी कोरिडोर भित्र रहेका पालिकाहरू संग अन्तरक्रिया कार्यक्रम पालुङ्टार नगरपालिकामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको प्रमुख आतित्यतामा भएको कार्यक्रम  मर्स्याङ्दी कोरिडोर अन्तरपालिका समन्वय समितिका अध्यक्ष एवं  भानु नगर प्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा, गण्डकी प्रदेश पूर्व मन्त्री हरि बहादुर चूमान, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्ण चन्द्र देवकोटा, कोरिडोर भित्र रहेका नगर प्रमुख ,गाऊँपालिका अध्यक्ष, नगर प्रमुख तथा नगर उप प्रमुख, गाऊँपालिका अध्यक्ष एवं उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, त्रि.वि.स्कूल अफ म्यानेजमेंटका निर्देशक डा.गोपाल तामाङ्, विज्ञ टोली र पत्रकारहरूको सहभागितामा आयोजित कार्यक्रम पालूङ्टार नगरपालिकाले व्यवस्थापनमा भएको  थियो ।


कार्यक्रममा कृषि र पर्यावरणको अध्ययन,दिगो,पूर्वाधार विकास,दिगो फोहोर व्यवस्थापन, ग्रिनसिटी निर्माण, शैक्षिक संस्था, ज्ञान सहर वाटरशेड, सामुदायिक संलग्नता, पर्यटन विकास, स्मार्टसिटीको अवधारणा र डुम्रे – चामे सडकको विस्तार आदि विषयमा छलफल भएको  थियो ।

कार्यक्रममा पालुङटार नगरपालिका नगर प्रमुख विवस चिन्तन, नगर उप-प्रमुख वन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत कमानसिं थापामागर, साथै बेसीशहर न.पा., सुन्दरबजार न.पा., राइनास न.पा., गोरखा न.पा., भानु न.पा., दोर्दी गाउँपालिका, बन्दीपुर गा.पा., आँवुखैरेनी गा.पा., शहिदलखन गा.पा., मर्स्याङ्दी गा.पा., चामे गा.पा., मनाङ डिस्याङ गा.पा., नासो गा.पा. का प्रमुख, उप-प्रमुख र  प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा आगामी दिनमा  कानुनी प्रावधान पूरा गर्न प्रत्येक पालिकाबाट मर्स्याङ्दी करिडोर विकास प्राधिकरण गठन गर्ने प्रस्ताव सहित निर्णय गराउने, मर्स्याङ्दी करिडोर अन्तर पालिका समन्वय समिति मार्फत निर्माण गराई प्रत्येक प्रदेश सरकारमा पेश गर्ने,  प्रदेश सरकारको अपन्नत्व सहित केन्द्रीय सरकार मार्फत प्राधिकरण गठन गरी समग्र विकासको परियोजनाहरू सञ्चालन गर्ने अबको बाटो तय गरेको बताइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button