हेडलाईनसमाचारगण्डकीम्याग्दे

बसबाट खस्दा तनहुँमा सहचालकको मृत्यु

प्रहार समाचार । तनहुँ,६ माघ २०८१ आइतवार ।  गुडिरहेको बसबाट खस्दा तनहुँमा बसका सह चालकको मृत्यू भएको छ।

पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा पोखराबाट नारायणगढ जाँदै गरेको बा ४ ग ५८०१ नम्बरको बसबाट खसेर पोखरा महानगरपालिका–२८ का वर्ष २६ का सञ्जीव बोहोराको आज  दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

बसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भईरहेको प्रहीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button