हेडलाईनसमाचारभानुगण्डकी

तनहुँको भानुका कृषक तामाङको पौरख : एउटै तरुल २४ किलोको उत्पादन गरे

• शंकरराज नहर्की । तनहुँ, ७ माघ २०८१ सोमवार ।  मिठो तरकारीका रूपमा लिइने एउटा तरुल बढिमा  कति किलो सम्मको उत्पादन होला ? सामान्य तया २/४  किलो देखि बढिमा १०/ १५ किलो सम्म । तर तनहुँको भानु नगरपालिका वडा नं- २ थक्रेकका  कृषक छेनर्पु तमाङले उत्पादन गरेको एउटै बोटको तरुलको  तौल ४५ किलो सम्मको भएको छ ।

‘राम्रो मलिलो माटो थियो गत वर्ष लगाएको एउटै बोटको जाँते  तरुल ४५ किलो सम्मको भयो।’ – तमाङले भने। उनले जाँते सहित पाँचऔंले र खाँदा निक्कै स्वादीलो र मिठो हुने सेतो तरुल जातका पनि  तरुल लगाएका छन्। ५३ वर्षिषय तमाङले यस वर्ष ७० बढि बोट तरुल लगाएका थिए। ‘एउटै तरुल ६ फिट सम्मको  लामो भएको थियो ।’ उनले भने।

तमाङले भानु नगरपालिकाको भन्सारमा आयोजित प्रथम भानु महोत्सवमा समेत कृषिको स्टलमा एउटै २१ किलोको जाँते तरुल प्रदर्शनीमा ल्याएका थिए। उनले गत बर्ष ३ रोपनी क्षेत्रफलमा बेसार खेती, ६ रोपनीमा व्यवसायिक गोलभेडा खेती, २ रोपनीमा कफी, तरुल ,अदुवा लगायतका खेती गरेका थिए। ती बस्तुहरुको बिक्री बितरणबाट उनले १५ लाख आम्दानी गर्न सफल भएका थिए। ‘बजारको उचित व्यवस्था भएन, बिचौलियाको हालिमुहाली भयो, हामीले भन्दा दोब्बर कमाउँछन् बिचौलियाले ।’ उनले दुखेसो गरे । ‘यस्को अन्त्यका लागि स्थानिय सरकाले कृषकहरुको उत्पादन सोझै बजारसम्म पुऱ्याउने व्यवस्था मिलाउनु पऱ्यो।’ – उनले माग राखे।

यति बेला उत्पादनको सिजन भएकाले बजारमा प्रसस्त मात्रामा बिक्रिवितरणका लागि तरुलहरु ल्याइएको पाइन्छ। पाँचऔंले, सिंगाने पिंडालु, दुधे पिंडालु, घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाईले, पातले, आकाशे, रातो लगायत जातका तरुलहरु तनहुँमा बढि मात्रामा उत्पादन हुने र जसबाट कृषकहरुले लाखौं रुपैया आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछाने बताए।

१७ रोपनी क्षेत्रफलमा व्यावसायिक खेती गरेका तमाङले कृषि ज्ञानकेन्द्र बाट २ वटा टर्रनेल, प्रधानमन्त्री कृषि परियोजनाबाट ५० हजार भन्दा बढि सहयोग केहि पनि पाएका छैनन। ‘ हामी जस्ता वास्तविक कृषकले राहत नपाउने टाठा बाठा, झोले कृषकले राहत पाउछन् उनले पिडा व्यक्त गरे।’ उनि भन्छन्  – ‘ सरकारले कृष्कहरुलाई उत्पादनका आधारमा अनुदान दिनु पऱ्यो ।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button