प्रहार समाचार । तनहुँ,५ माघ २०८१ शनिवार ।
नवौं तनहुँ महोत्सवमा तनहुँमै जन्मिएका गायक प्रेम राजा महत,गायिका शिला आले, तथा गायीका रचना रिमालले महोत्सवको दशौं दिन आज दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

दर्शकहरुले खचाखच भरिएको बिपी वनवारीका मैदानमा आज गायक प्रेमराजा महतले ‘बाँझो खेतमा’, ‘माया भेटियो बन्दीपुरैमा’ लगायतका गित गाउँदा संङ्गै गाएर तथा नाचेर साथ दिएका थिए ।

उता लोक गायिका शिला आलेले ‘गोरखा कालिका’, ‘जोखौं तुलो’, ‘मलाई पनि लैजाउन निरमाया तिमी बस्ने सहरैमा’ बोल लगायतका का गीतले दर्शकहरुको ध्यानाकर्षण गरेको थियो ।

यसैगरि गायिका रचना रिमालले ‘फोटो फिरिम’, ‘टन्न पैसा कमाउँला’, ‘मिनरल वाटर लगायका गितहरुमा दर्शक मन्त्रमुग्ध भएका देखिन्थे । उनले गाउँदा गाउँदै मज्यबाट दर्शक दिर्घामा नै पुगेर दर्शकसङ्गै गाएकी थिइन ।

यसैगरी आजनै प्रकाश दुतराज, श्याम राना, इन्सल सन्जाल, गायक रमेश श्रेष्ठ मेलोडीले आआफ्नो प्रस्तुती दिएका थिए ।

७० हजार दर्शकले अवलोकन : ७० लाखको कारोबार
गत पुस २५ गते बिहिवार बाट सुरु भएको नवौ तनहुँ महोत्सवमा आज दर्शकको बढी भीड लागेको थियो । छ ।

आज करीव दश हजार दर्शकले महोत्सवको अवलोकन गरेका थिए । ग आज सम्ममा ७० हजार दर्शकले अवलोकन गरेको र दुई करोड ७० लाखको हाराहारीमा आर्थिक कारोबार भएको तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव तथा महोत्सवका प्रवक्ता सुवोध अधिकारीले जानकारी दिए प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

भोलि गायक तथा गायिकाहरु हेमन्त शर्मा, राजन कार्की र शान्ति रानी परियार लगायतको प्रस्तुति हुने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्लले जानकारी दिए ।


























